सबै राजनीतिक दललाई स्थानीय चुनावमा भाग लिन गृहमन्त्रीको आग्रह

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले स्थानीय चुनावमा भाग लिन सबै राजनीतिक दलहरूलाई आग्रह गर्नुभएको छ । उहाँले ०७९ वैशाख ३० मा हुने स्थानीय चुनाव शान्तिपूर्ण हुने पनि बताउनुभयो ।

आज कपिलबस्तुको चन्द्रौटामा सशस्त्र प्रहरी बलको विन्धबासिनी बाहिनी मुख्यालय उद्घाटन गर्दै गृहमन्त्री खाणले निर्वाचनमा भाग लिन दलहरूलाई आग्रह गर्नुभएको हो । उहाँले स्थानीय चुनाव निष्पक्ष तरिकाले हुने पनि बताउनुभयो । नागरिकतले आफूलाई उपयुक्त ठानेका प्रतिनिधिलाई छान्न सक्ने उहाँको भनाइ थियो।उहाँले आवधिक निर्वाचन बेलैमा गर्न सरकार प्रतिवद्ध रहेको पनि बताउनुभयो। सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार