
जनकपुरधाम । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सरकारमा हेरफेरको कुनै सम्भावना नरहेको बताउनुभएको छ । तीन दिन अगाडि जनकपुरधाम आएका बेला गठबन्धनका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सरकार हेरफेर हुन लागेको बताए पनि नेपालले जनकपुरधाममै त्यसको खण्डन गर्नुभएको हो ।
पार्टीको मधेश प्रदेशको विस्तारित बैठकलाई सम्बोधन गर्न जनकपुरधाम आएका अध्यक्ष नेपालले भने, ‘सरकार परिवर्तन हुँदैन् । यहीं सरकारले चुनाव गराउँछ ।’ गठबन्धनको सरकार बिभिन्न तहमा क्रियाशील रहेको र क्रियाशील रहिरहने उहाँले बताउनुभयो । तालमेलको विषयमा छलफल जारी अध्यक्ष नेपालले आगामी स्थानीय तहको निर्वाचनको सन्दर्भमा सिटको तालमेल कसरी गर्ने बिषयमा छलफल चलिरहेको बताउनुभयो । ‘त्यस क्रममा विचारमा विविधताहरु देखिएका छन् । तर नेतृत्वमा एउटा सहमति छ’, उहाँले भन्नुभयो ।
आफ्नो पार्टी गठबन्धनको के हुन्छ भन्ने कुरामा चिन्ता गरेर चल्ने पार्टी नभएको भन्दै उनले प्रत्येक पार्टी आफ्नो–आफ्नो शक्ति, आफ्नो आफ्नो सामर्थ्यको आधारमा आवश्यकता महसुस गरेमा जीत–जीतको आधारमा उचित सम्मान, मर्यादा, स्थानहरु दिएर मिलेर जान सकिने बताउनुभयो । ‘हामीले अरुको पनि सम्मान गर्ने अनि आफू पनि सम्मानको अपेक्षा गरेका छौं’ उहाँले भन्नुभयो ।
गठबन्धन नभए कति स्थानीय तहमा जित हात पार्न सकिन्छ रु भन्ने प्रश्नको उत्तरमा नेपालले त्यो क्यालकुलेसन गर्न नसकिएको बताउनुभयो । ‘तर, अवस्था बहुत शानदार र राम्रो देखिदैं गएको छ । जनताको सहभागिता अत्यन्तै राम्रो छ । कार्यकर्ताको मनोबल उच्च छ । त्यहीं भएर हामी धेरै आशावादी छौं’, उहाँले भने्नुभयो । छुद्र अभिव्यक्ति दिनेसँग गठबन्धनको कल्पना नगरौं अध्यक्ष नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै उहाँको अभिव्यक्ति छुद्र किसिमको भएको बताउनुभयो ।
राजनीतिमा जे पनि सम्भव हुन्छ त्यहीं भएर एमालेसँग पनि गठबन्धन हुन सक्छ कि रु भन्ने संचारकर्मीको जिज्ञासामा नेपालले चुनावमा एमालेसँग कुनै किसिमको गठबन्धन सम्भव नभएको बताउनुभयो । ‘जुन एमालेका नेताका बोलीको अभिव्यक्ति छुद्र छ भनें छुद्र शब्द प्रयोग गर्नेहरुसँग गठबन्धनको सम्भावना देख्नु बडो विचित्रको हुन्छ’ उहाँले भन्नुभयो, ‘त्यसको कल्पना पनि नगरौं ।’ अनलाइनखबरबाट