विश्वभर ४० वर्ष भन्दा कम उमेरका ८७ जना अर्बपति

एजेन्सी । विश्वमा ४० वर्षभन्दा कम उमेरका अर्बपतिको संख्या ८७ रहेको छ । यो सम्पत्ति उनीहरुले आफ्नै मेहनतले कमाइ गरेको समाचारमा जनाइएको छ । गत वर्षभन्दा यो अर्बपतिको सूचीमा यो वर्ष ८ जना थपिएका छन् ।

हुरुन र सांघाइको कम्पनी हाइभिन वेल्थकातर्फबाट जारी सूचीमा यो अवस्था देखिएको हो । हुुरुन ग्लोबल फोर्टी एन्ड अन्डर सेल्फ मेड बिलिनियरिज–२०२२ सूचीका अनुसार ३७ अर्बपतिका साथ अमेरिका पहिलो स्थानमा छ । यसपछि २५ अर्बपतकिा साथ चीन दोस्रो स्थानमा छ । ८ अर्बपतिका साथ बेलायत भारतलाई पछि पार्दै तेस्रो स्थानमा रहेको छ । बेलायतले सूचीमा ३ स्थान सुधार गरेको हो ।

१ वर्षमा अमेरिकामा ६ र बेलायतमा ५ अर्बपति बढेका छन् । चीनको संख्यामा भने ५ जनाले कमी आएको छ । यसैगरी भारत ६ अर्बपतिका साथ यो सूचीमा चौथो स्थानमा छ । विगत १ वर्षको अवधिमा ४० वर्षमुनीका अर्बपतिको संख्यामा २ ले वृद्धि भएको छ । गत वर्ष आम्दानी गुमाएपनि फेसबुकका ३७ वर्षका संस्थापक मार्क जुकरबर्ग ५.८० लाख करोड भारु नेटवर्थका साथ शीर्ष स्थानमा छन् । टिकटकका संस्थापक ३९ वर्षीय झाङ यिमिङ ४.१२ करोड भारुका साथ दोस्रो स्थानमा छन् । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार