छन्त्याल संघको राष्ट्रिय महाधिवेशनको तयारी पुरा, गृहमन्त्री खाँणले उद्घाटन गर्ने

म्याग्दी । नेपाल छन्त्याल संघको ७ औँ राष्ट्रिय महाधिवेशनको तयारी पुरा भएको छ । म्याग्दी सदरमुकाम बेनीमा चैत २५ र २६ गते हुने महाधिवेशनको सम्पूर्ण तयारी पुरा भएको संघका केन्द्रिय अध्यक्ष मोहन छन्त्यालले जानकारी दिनुभयो । उहाँका अनुसार, महाधिवेशनको उद्घाटन गृहमन्त्री बालकृष्ण खाँणले गर्नुहुने कार्यक्रम तय भएको छ । शुक्रवार विहान करिब १० बजदेखि बेनी बजारमा झाँकी सहितको ¥याली पश्चात जिल्ला समन्वय समितिको सभाहलमा पुगेर औपचारिक उद्घाटन सत्र सञ्चालन हुनेछ ।

महाधिवेशनबाट आगामी तीन बर्षे कार्यकालका लागि नयाँ नेतृत्व समेत चयन हुनेछ । विभिन्न ११ जिल्लाबाट आउने ३५० बढी प्रतिनिधिले नयाँ नेतृत्व चयनमा सहभागी हुनेछन् । छन्त्याल विद्यार्थी संघका केन्द्रिय सदस्य अमर छन्त्यालले महाधिवेशनमा भागलिन आउने अतिथिहरुको स्वागत गर्ने का भैरहेको जानकारी दिनुभयो । उहाँका अनुसार अधिकाँश प्रतिनिधि बेनी आइपुग्नुभएको छ भने जिल्लाका विभिन्न बस्तीबाट समेत छन्त्याल समुदायबाट महाधिवेशनमा भाग लिन आउन थालेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार