लोसपासँग पनि गठबन्धन हुन सक्छ : मन्त्री यादव

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले जनता समाजवादी पार्टी नेपालले आवश्यकता अनुसार गठबन्धन गरेर अघि बढ्ने बताउनुभएको छ । शुक्रबार जनकपुरधाममा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै मन्त्री यादवले स्थानीय तहको निर्वाचनमा सबै पालिकामा गठबन्धन हुन नसके पनि आवश्यकता अनुसार गठबन्धन गर्न सकिने बताउनुभएको हो ।

उहाँले राजनीतिमा हरेक कुरा सम्भव रहेकाले लोकतान्त्रिक समाजवादी पार्टी नेपालसँग पनि गठबन्धन हुन सक्ने बताउनुभयो । यसका लागि लोसपाको मन र नियत सफा हुनुपर्ने उनको जिकिर थियो । नेपाल रेल्वे उद्घाटन कार्यक्रममा सरिक हुन जनकपुरधाम आएकी मन्त्री यादवले भन्नुभयो, ‘विचार, मन र नियत मिल्यो भने गठबन्धन पनि भएको छ,’ उहाँले अघि थप्दै भन्नुभयो, ‘लोसपालगायत अन्य दलसँग पनि गठबन्धन हुनसक्छ ।’ रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार