काठमाडौंको मेयरमा उठ्ने

काठमाडौँ । अभिनेता भुवन केसी काठमाडौं महानगरपालिकाको मेयरमा उठ्ने हुनुभएको छ । केसीलाई अधिवक्ता स्वागत नेपाल अध्यक्ष रहेको उन्नत लोकतान्त्रिक पार्टीले काठमाडौंको मेयरमा उठाउने भएको हो । मंगलबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले अभिनेता केसीलाई मेयरमा उठाउने निर्णय गरेको अध्यक्ष नेपालले जानकारी दिनुभयो ।

काठमाडौं महानगरपालिकाभित्रको सम्पदा, समस्या र सम्भावना समेतको राम्रो ज्ञान रहेकाले अभिनेता केसीलाई मेयरमा उठाउने निर्णय गरिएको अध्यक्ष नेपालले बताउनुभयो । केसीलाई पार्टीको परराष्ट्र विभागसमेतको विभागीय अध्यक्षको जिम्मेवारी पनि तोकिएको छ । नेकपा एमालेनिकट रहेका केसी पछिल्लो समय राप्रपा प्रवेश गर्ने हल्ला चलेको थियो ।

त्यस्तै उन्नत लोकतान्त्रिक पार्टीले काठमाडौंको उमपेयरमा रेश्मा लामालाई उठाउने भएको छ । थापाथलीस्थित सुकुम्बासी बस्तीमा हुर्के बढेकी लामा स्नातक उत्तीर्ण र वैदेशिक रोजगारीबाट फर्किनुभएका अध्यक्ष नेपालले जनाउनुभएको छ । आउँदो वैशाख ३० गते तोकिएको स्थानीय तहको चुनावका लागि उम्मेदवारी घोषणा गर्ने क्रम बढेको छ । यसअघि र्‍यापर बालेन शाहले पनि काठमाडौंको मेयरमा उम्मेदवारी दिने घोषणा गरिसक्नुभएको छ । ekantipurबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार