बेनी नगरपालिका–३ मा मंगोल नेशनलबाट दिपक पुनको उम्मेद्धारी घोषणा

बेनी ।३० बैशाखमा हुने स्थानीय तहको निर्वाचनमा मंगोल नेशनल अर्गनाईजेशनबाट बेनी नगरपालिका–३ ,भकिम्लीको वडा अध्यक्षमा दिपक पुनलेउम्मेदवारी घोषणा गर्नुभएको छ ।

शुक्रबार सामाजिक सञ्जाल फेसवुकमार्फत पुनले ‘युवाहरु विदेशको सपना देख्ने होइन, देशको मालिक बन्ने सपना देख्नु पर्छ’ भन्ने मूल मान्यताका साथ वडा अध्यक्षमा उम्मेदवारी दिएको घोषणा गर्नुभएको हो । वडा सभाको बैठकले पुनलाई वडा अध्यक्षको उम्मेदवारमा सर्वसम्मत निर्णय गरेको हो ।

पुनले मंगोल अस्तित्व सहितको मुलवासी स्वायत्त शासनसत्ता स्थापना गर्ने महाअभियानमा सहभागी हुन सम्पूर्ण भकिम्ली बासीहरुमा आग्रह गर्नुभएको छ । पुन मंगोल नेशनल अर्गनाईजेशन पार्टीको जिल्ला कोषाध्यक्ष समेत हुनुहुन्छ ।युवा क्लबको नेतृत्व समेत गर्नुभएका पुन भकिम्लीको लोकप्रीय युवा हुनुहुन्छ ।

भकिम्लीको विकासमा नयाँ जोस जाँगर र भिजन सहित आएको युवालाई अमूल्य मत दिई बिजयी गराउन पुनले त्यसक्षेत्रका मतदाताहरुलाई हार्दिक अपिल गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार