![](https://myagdinews.com/wp-content/uploads/2022/04/narshing.jpg)
काठमाडौं । ललितपुर महानगरपालिकामा ८१ वर्षीय नरसिंह व्यञ्जनकारले वडाध्यक्षमा उम्मेद्वारी दर्ता गर्नुभएको छ । ललितपुर महानगरपालिका वडा नं.१० को वडाध्यक्षमा स्वतन्त्रबाट उम्मेद्वारी दर्ता गराउनुभएको हो । यसअघि पनि उनले १० पटकसम्म उहाँले वडाध्यक्ष जित्नुभएको थियो ।
ललितपुरको कुपण्डोल नारायणी होटल आसपासको क्षेत्रका बासिन्दामाझ लोकप्रिय रहेका उहाँले स्थानीय बासिन्दाकै आग्रहमा फेरि पनि चुनाव लड्न लागेको बताउनुभयो । उहाँले आफूले वडाका बासिन्दाको हितमा काम गर्दै आएको र फेरि पनि वडाध्यक्ष जितेर उनीहरुकै सेवा गर्ने व्यञ्जनकारले अनलाइनखबरलाई बताउनुभयो ।
२०२९ सालमा पहिलो पटक वडाध्यक्ष बन्नुभएको थियो । त्यतिबेला उहाँले दरबार निकट मानिने देवेन्द्रलाल अमात्यलाई हराउनुभएको थियो । त्यसयता यो वडाको नेतृत्व उहाँले नै गर्दै आउनुभएको छ । बहुदल आएपछिको पहिलो स्थानीय चुनावमा उहाँ नेपाली कांग्रेसको तर्फबाट निर्विरोध हुनुभएको थियो । गत चुनावमा भने उहाँ स्वतन्त्रबाट उठ्नुभएको थियो । र यो पटक पनि स्वतन्त्र बनेर नै उठ्नुभएको हो । ललितपुर महानगरमा उहाँको दर्तासँगै उम्मेद्वारी दर्ता सुरु भएको छ । अनलाइनखबरबाट