सुन चोरेको भिडियो बाहिरिएपछि पौडेलले भने– मेरो चरित्र हत्या गरियो

पोखरा । नेकपा (एमाले)को तर्फबाट पोखराको मेयरको टिकट पाएका दिपक पौडेल अहिले आलोचित हुनुभएको छ । केही वर्षअघि पोखराकै एक सुन पसलबाट उहाँले सुनको औँठी चोरेको सिसिटिभी फुटेज बाहिरिएपछि आलोचित हुनुभएको हो ।

पौडेलको उक्त गतिविधिको भिडियोसहितको विरोध एमालेकै नेता कार्यकर्ताले समेत गर्नुभएको छ । उनीहरूले पार्टीबाट यसको स्पष्टीकरण खोजेका छन् भने उम्मेदवार फेर्नसमेत दबाब दिएका छन् ।

तर, मेयरका उम्मेदवार पौडेलले आफ्नो चरित्र हत्या गर्नका लागि भिडियो बाहिर ल्याएको प्रतिक्रिया दिनुभएको छ । ‘यो भएकै थिएन । मेरो चरित्र हत्या गर्न भ्रामक कुरा बाहिर ल्याइयो,’ उहाँले भन्नुभयो, ‘यस्ता कुराको म खण्डनसमेत गर्दिनँ । गर्नपरे पार्टीले गर्छ । साथीहरू लागिरहनु भएको छ ।’उहाँले त्यस्तो घटना कहिलै नभएको दाबी गर्नुभएको छ । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार