तालिममा बागलुङ जेसीजका पूर्व अध्यक्ष गणेश महत्तो, नेपाल जेसीजका पूर्व राष्ट्रिय उपाध्यक्ष सन्दिप खत्री र म्याग्दी जेसीजका पूर्व अध्यक्ष खम थापा मगरले सहजीकरण गर्नुभएको थियो । तालिममा विद्यालयका विद्यार्थी र शिक्षक समेत गरी ४५ जनाको सहभागीता रहेको थियो ।
तालिमको उद्घाटन गर्दै म्याग्दी जेसीजका पूर्व अध्यक्ष समेत रहनुभएका नेपाल जेसीजका पूर्व राष्ट्रिय उपाध्यक्ष सन्दिप खत्रीले ग्रामीण भेगमा रहेका विद्यालयहरुमा उद्घोषण तथा भोषणकलाको क्षमता अभिबृद्धिका लागि म्याग्दी जेसीजले सञ्चालन गरेको तालिम प्रभाबकारी हुने बताउनुभयो ।
कार्यक्रममा ज्ञानोदय माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमल खत्री र प्रधानध्यापक अर्जुन शर्माले विद्यार्थी र शिक्षकहरुको नेतृत्व तथा व्यक्तित्व विकासमा प्रभावकारी हुने उद्घोषण तथा भाषणकला सम्बन्धी तालिम सञ्चालन गरेकोमा म्याग्दी जेसीजलाई धन्यबाद ज्ञापन गर्नुभएको थियो ।
म्याग्दी जेसीजका शाखा अध्यक्ष दिनेश कुमार विश्वकर्माले युवाहरुको नेतृत्व र व्यक्तित्व विकास संगै जिल्लाको पर्यटन प्रवद्र्धन, खेलकुदको विकास, संस्कृतिको संरक्षण तथा सामाजिक कार्यहरुमा म्याग्दी जेसीजले आफ्ना गतिविधिहरु सञ्चालन गर्दै आएको बताउनुभयो । शाखा अध्यक्ष विश्वकर्माको अध्यक्षता, पूर्व अध्यक्ष विरेन्द्र श्रेष्ठ, सहभागी शिक्षक दुर्गादत्त रिजाल , सहभागी विद्यार्थी रश्चना शाहीको मन्तव्य रहेको कार्यक्रमको सञ्चालन म्याग्दी जेसीजका तालिम संयोजक सिर्जना थापाले गर्नुभएको म्याग्दी जेसीजका महासचिब गोकुल सुनारले जानकारी दिनुभयो ।
ज्ञानोदय माविमा उद्घोषण तथा भाषणकला तालिम सम्पन्न
म्याग्दी । रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयमा विद्यार्थी र शिक्षकहरुका लागि उद्घोषण तथा भाषणकला तालिम सम्पन्न भएको छ । युवाहरुको नेतृत्व र व्यक्तित्व विकासमा क्रियाशिल म्याग्दी जेसीजको आयोजनामा विद्यालयमा अध्ययरत विद्यार्थी र शिक्षकहरुको लागि एक दिने प्रभावकारी उद्घोषण तथा भाषणकला सम्बन्धि तालिम सम्पन्न भएको हो ।




































