थप १३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार १ सय ४४ पीसीआर परीक्षणमा ११ जना र १ हजार १ सय ११ एन्टीजेन परीक्षणमा २जना गरी १३ जना संक्रमित फेला परेको हुन ।

यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भने भएको छैन । कोरोनाका कारण नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ९ सय ५१ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा २५ जना निको भएका छन् । नेपालमा हाल सक्रिय संक्रमितको संख्या २ सय ६९ रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार