![](https://myagdinews.com/wp-content/uploads/2022/04/hdgjkhiujfvh.jpg)
काठमाडौँ । ललितपुर महानगरपालिकामा नेकपा एमालेबाट मेयरका उम्मेदवार हरिकृष्ण व्यञ्जनकार र उपमेयरकी उम्मेदवार मञ्जली शाक्य (आस्था) मनोनयन दर्ता गराउनुभएको छ । सोमबार दिउँसो निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवार दर्ता गराउृनुभएको हो ।
यसअघि दुवै ले शताब्दी पुरुष सत्यमोहन जोशी र वामपन्थी नेताद्वय सिद्धिलाल सिंह र स्नेहलता श्रेष्ठको निवासमा पुगेर आशीर्वाद लिनुभएको थियो। आशीर्वाद लिन उनीहरु बिहान ९ बजे सत्यमोहन जोशीको निवासमा पुग्नुभएको थियो । लगत्तै शंखमुलस्थित सिद्धिलाल सिंहको निवासमा पुगेका दुईजना त्यसपछि पाटनढोका स्थित स्नेहालता श्रेष्ठको निवासमा पुगेर आशीर्वाद ग्रहण गर्नुभएको थियो । भेटपछि प्रतिक्रिया दिँदै मेयरका उम्मेदवार व्यञ्जनकार र उपमेयरका उम्मेदवार शाक्यले आशीर्वादबाट आफूहरूको विजय सुनिश्चित रहेको बताउनुभएको थियो । रातोपाटीबाट