काठमाडौँ । सत्ता गठबन्धनबाट नेपाली काँग्रेसकी नेतृ सिर्जना सिंहले काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दर्ता गराउनुभएको छ । काठमाडौंको राष्ट्रियसभा गृहमा पुगेर सिंहले मेयरमा उम्मेदवारी दर्ता गराउनुभएको हो।
उहाँको उम्मेदवारी दर्ता र्यालीमा काठमाडौं महानगरकी उपमेयर हरिप्रभा खड्गी पनि सभागृह पुग्नुभएको छ । सिर्जनाका श्रीमान प्रकाशमान र छोरा प्रभासमान सिंह पनि उम्मेदवारी दर्ता कार्यक्रमको र्यालीमा सहभागी छन् । रातोपाटीबाट