८१ पत्रकार बने जनप्रतिनिधि

काठमाडौँ । नेपाल पत्रकार महासंघले स्थानीय तह निर्वाचनमा भाग लिएर निर्वाचित भएका ८१ जना पत्रकारको सदस्यता रद्ध गरेको छ । महासंघको उपलब्ध कार्यसमितिको बैठकले निर्वाचनमा भाग लिएर विजयी भएका ८१ पत्रकारलाई महासंघको साधारण सदस्यबाट हटाएको हो ।

महासचिव रोशन पुरीका अनुसार देशभर करिब २ सय पत्रकारले उम्मेदवारी दिनुभएको छ । तीमध्ये ८१ जना निर्वाचित भए । महासंघले स्थानीय तह निर्वाचनसहित यसअघिदेखि संघ र प्रदेशमासमेत जनप्रतिनिधि रहेकाहरूको समेत सदस्यता खारेज गर्ने निर्णय गरेको हो । ‘हाल संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरूको महासंघको सदस्यता स्वतः खारेज हुने बैठकले निर्णय गरेको छ,’ महासचिव पुरीले भन्नुभयो ।

महासंघले चुनावमा उम्मेदवार बनेका पत्रकारहरू महासंघको कुनै तहको कार्यसमितिमा पदाधिकारी वा सदस्य भए त्यस्तो पदबाट स्वतः पदमुक्त गर्नेसमेत निर्णय गरेको छ । यो निर्णयअनुसार महासंघका दुई केन्द्रीय सदस्यसहित प्रदेश र जिल्ला कार्यसमितिमा रहेका ३० जना पत्रकारको राजीनामा स्वीकृत गरेको छ । त्यस्तै, महासंघको साधारण सदस्यमात्रै रहेका तर उम्मेदवारी दिएर पराजित भएका वा फिर्ता भएकाहरूको हकमा भने विधानको व्यवस्था र आचारसंहिताबमोजिम कारबाहीको प्रक्रिया अघि बढाइने महासंघले जनाएको छ । ekantipurबाट

 

सम्बन्धित समाचार

thumbnail

म्याग्दीमा राष्ट्रिय धान दिवस तथा रोपाइँ मनाइयो (फोटो फिचर )

कृषि तथा खाद्यान्न उत्पादनलाई जोड दिनुपर्ने सरोकारवालाको भनाइ म्याग्दी । म्याग्दीमा पनि राष्ट्रिय धान दिवस मनाइएको छ । बेनी नगरपालिका कृषि शाखाको आयोजनामा १९औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव–२०७९ विविध कार्यक्रमको…

thumbnail

सरकारी जागिर खान शैक्षिक योग्यताको प्रमाणपत्र किर्ते गरेको आरोपमा एक पक्राउ

काठमाडौँ । शैक्षिक योग्यताको प्रमाणपत्र किर्ते गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको राष्ट्रिय सहकारी विकास बोर्डको सञ्चालक पदको नियुक्तिको लागि नक्कली प्रमाणपत्र…

thumbnail

देश विदेशका खर्चबाट अभियन्ता भेटिन्छन् तर प्रतिफल बाहिर आएको छैन : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अभियन्ताहरु थुप्रै भए पनि प्रतिफल आउन नसकेको टिप्पणी गर्नुभएको छ । मदन भण्डारीको ७१ औं जन्मजयन्तीका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै ओलीले यस्तो धारणा…