मालिका गाउँपालिका–१ को वडा अध्यक्षमा कांग्रेसका टंकप्रसाद पुन विजयी

बेनी । मालिका गाउँपालिका वडा नम्बर १ को वडा अध्यक्षमा टंकप्रसाद पुन विजयी हुनुभएको छ । शनिबार विहान सम्पन्न वडा नम्बर १ को मत गणनामा टंकप्रसाद पुनले ४६२ मत प्राप्त गर्नुभएको छ ।


अर्का एमालेका उम्मेद्वार बुद्धीबहादुर पुनले ४०७ मत प्राप्त गर्नुभएको सहायक निर्वाचन अधिकृत हेमराज काफ्लेले जानकारी दिनुभयो । उहाँका अनुसार वडामा अध्यक्ष टंकप्रसाद पुनको प्यानल विजयी भएका छन् ।

यस्तै माओवादी केन्द्रका तिलक पुनले ९८ ,राप्रपाका समबबहादुर घर्तिले १० र मंगोल नेशनलका कुशल पुनले २९ मत प्राप्त गर्नुभएको छ । गाउँपालिका अध्यक्ष पदका उम्मेद्वार कांग्रेसका श्रीप्रसाद रोका मगरलाई ४१८ ,एमालेका बेगप्रसाद गर्बुजालाई ३९३ ,माओवादीका रेशमबहादुर जुग्जालीलाई १५६ र मंगोल नेशनलका खमबहादुर रोकालाई २८ मत प्राप्त भएको छ ।

उपाध्यक्षमा  का‌ंग्रेसकी  पिपला बुढालाई ४६२, एमालेकी लक्ष्मीदेबी घर्ति पुनलाई ३९८ ,माओवादीकी गौरी सेन्चुरीलाई १२९ र मंगोलकी धनदेबी बुढालाई ३३ मत प्राप्त भएको छ ।एक हजार ६३ मत खसेकोमा २१ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सात बजेदेखी मत गणना सुरु भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार