बेनी नगरको मेयरको पहिलो स्वास्थ्य सम्बन्धि ३ निर्णय

बेनी । बेनी नगरपालिका भित्र गरिबीको रेखामुनी रहेकालाई नि:शुल्क स्वास्थ्य बीमा गरिने भएको छ । बेनी नगरपालिकाका मेयर सुरत केसीले शुक्रबार पदभार ग्रहण गर्दैस्वास्थ्य बीमा सम्बन्धि मौलिक हकको कार्यान्वयन गर्न र नगरबासीलाई सहज र सुलभ सेवा उपलब्ध गराउने तीन निर्णय गर्नुभएको हो ।

नगरपालिकाले विपन्नलाई निस् शुल्क स्वास्थ्य बीमा , ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई घरदैलोमा पुगेर नियमित स्वास्थ्य चेकजाँच , प्रत्येक महिनाको १५ गते ४५ वर्ष माथिका नागरिकलाई नसर्ने रोगको स्क्रिनिङ क्याम्प गर्ने निर्णयमा हस्ताक्षर गर्नुभएको छ । नगरपालिकाले विपन्न घरधुरीको पहिचा गरेका २ सय घरधुरीमा बसोबास गर्नेलाई स्वास्थ्य बीमा सहितको तीनवटै निर्णय यसै महिनादेखि कार्यान्वयन हुने नगर प्रमुख केसीले बताउनुभयो ।

‘स्वास्थ्य सेवामा जनताको लगानी घटाउँछौ,घरदैलोमा दिने सेवाहरु विस्तारै गछौँ ‘ मेयर केसीले भन्नुभयो । पदभार ग्रहणको अवसरमा मेयर केसीले प्रत्येक हप्ताको एक दिन बेनी बजार सहित आसपासका सडक दमकददे सरसफाई गरिने , छाडा पशुचौपायाको व्यवस्थापन लगागतका विषयमा समेत तत्काल आवश्यक तयारी गर्न समेत निर्देशन दिनुभएको छ ।

उपमेयर ज्योती लामिछानेले विपन्न महिला लक्षित सेवा सहितको योजनाका बारेमा छलफल गर्नुभएको थियो । बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले नगरपालिका भित्र हाल भएरहेको गतिविधि र योजनाका बारेमा जानकारी गराउनुभइको थियो । अब केही समयपछि बस्ने नगरकार्यपालिका बैठकबाट समेत थप अन्य योजनाहरुमा छलफल हुने जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार