गठबन्धन सरकार नै जेरीजस्तो गुजुल्टिएको छ : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार तेलमा तारेको तर चास्नीमा नडुबाएको जेरी जस्तै भएको टिप्पणी गर्नुभएको छ । प्रतिनिधि सभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै अध्यक्ष ओलीले सरकारलाई चास्नीमा नडुबाएको तेलमा मात्रै तारेको खल्लो जेरी जस्तो भएको टिप्पणी गर्नुभएको हो ।

‘यो सरकार नै जेरीजस्तो गुजुल्टिएको छ । यसले ल्याएको नीति तथा कार्यक्रम पनि त्यस्तै छ । अर्थ ननिस्कने, के हो सुरु के हो अन्त्य रु गुजुल्टिएको छ, कहाँ अन्त्य हुन्छ थाहा छैन’, ओलीले भन्नुभयो, ‘कसको नीति हो रु’ उहाँले नीति तथा कार्यक्रमका बुँदा नम्बर ११०,१३१,१३२ लगायतको उदाहरण दिँदै ‘अर्थहिन नीति कार्यक्रमको संज्ञा दिनुभयो ।

उहाँले नीति तथा कार्यक्रमको मस्यौदाका केही बुँदाले भ्रष्टाचारलाई प्रश्रय दिने खालका भन्दै कतिपय बुँदा अर्थ न वर्थ गोविन्द गाई जस्तो भएको पनि बताउनुभयो । उहाँले नीति तथा कार्यक्रमले देशमा स्थिरता हुन नदिने भन्दै अर्थतन्त्रप्रति गैरजिम्मेवार र अनुत्तरदायी रहेको टिप्पणी पनि गर्नुभयो। ‘यो अस्थिरताकै घोषणापत्रका रुपमा आएको छ’ उहाँले सत्तापक्षले त्यसलाई असत्य सावित गर्न चुनौती पनि दिनुभयो । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार