काठमाडौं महानगरमा एकीकृत समाजवादीको पहिलो जित, वडाध्यक्ष बने डंगोल

काठमाडौं । नेकपा एकीकृत समाजवादीले काठमाडौं महानगरको वडामा जित निकालेको छ । महानगरको वडा नम्बर १५ मा एकीकृत समाजवादीका उम्मेदवार ईश्वरमान डंगोल निर्वाचित हुनुभएको छ ।

एकीकृत समाजवादीबाट काठमाडौं महानगरका वडामा विजयी हुने एकमात्र उम्मेदवार हुनुहुन्छ । निर्वाचित डंगोलले तीन हजार ४७६ मत पाउनुभएको छ । डंगोलले कांग्रेसका उम्मेदवार जीवन डंगोललाई फराकिलो अन्तरले पराजित गर्नुभएको हो । पराजित कांग्रेस उम्मेदवार जीवन डंगोलले एक हजार ५७२ मत ल्याउनुभयो ।

एमालेबाट उम्मेदवार बनेका पूर्णकाजी डंगोलले एक हजार ३९३ मत ल्याउनुभयो । ईश्वरमान ०७४ सालको निर्वाचनमा नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित हुनुभएको हो । यस वडामा मेयरतर्फ सबैभन्दा बढी बालेन्द्र साह (बालेन) ले दुई हजार १०६ मत पाउनुभएको छ । एमालेका केशव स्थापितले एक हजार ५६८ मत पाउँदा कांग्रेस मेयर उम्मेदवार सिर्जना सिंहले एक हजार ५०९ मत ल्याउनुभयो । अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार