नेपालमा सिपिङ इन्ड्रष्टिको कुनै काम छैन : नेपाल

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपालमा सिपिङ इन्ड्रष्टिको कुनै काम नभएको बताउनुभएको छ । शुक्रबार प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा बोल्दै बजेटमा धेरै राम्रा कुराहरु समेटिए पनि केही नराम्रा कुराहरु पनि समेटिएको र सोमा आफ्नो असहमति भएको बताउनुभयो ।

‘नीति तथा कार्यक्रममा धेरै राम्रा कुराहरु समेटिएका छन् । कृषिलाई प्राथमिकता दिँदै उत्पादनमा जोड दिने कुरा, पर्यटन, रोजगारीलाई जोड दिने कुरा यस्ता धेरै कुराहरु समेटिएका छन् । तर यति हुँदाहुँदै पनि नीति तथा कार्यक्रममा केही बेठीक कार्यक्रमहरु पनि समेटिएका छन्’ नेता नेपालले भन्नुभयो, ‘नेपालमा ठूलठूला सिपिङ इन्ड्रष्टिको कामै छैन । मेरो यसमा सहमति छैन ।’

देशलाई ठूलठूला टावरहरु होइन, मुलुकलाई रोजगारी र उत्पादनका आवश्यकता रहेको भन्दै नेपालले यसतर्फ कसरी विकास गर्न सकिन्छ सो सोच्नुपर्ने बताउनुभयो। महत्वाकांक्षी ठूलठूला आयोजना परियोजनामाथि समेत प्रश्न गर्दै नेपालले वर्षौवर्ष लगानी र मेहनत लाग्ने तर उपलब्धी आउने यस्तो आयोजनाहरुमा समेत पुनर्विचार गर्नुपर्ने बताउनुभयो । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार