पूर्व माओवादीहरु एक ठाउँमा आउने वातावरण बन्दैछ : प्रचण्ड

काठमाढौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले पूर्व माओवादीहरू सबै एक ठाउँमा आउने वातावरण बन्दै गएको बताउनुभएको छ । नेपाल राष्ट्रिय कर्मचारी महासंघको केन्द्रीय समिति बैठकलाई काठमाडौंमा सम्बोधन गर्दै प्रचण्डले सबै पूर्व माओवादीहरू एक ठाउँमा जुट्ने अवस्था बन्दै गएको विश्वास दिलाउनुभयो ।

‘हामी करिव करिव पूर्व माओवादीहरू एक ठाउँमा आउँने वातावरण बनेको छ । अब विभाजनलाई निषेध गरेर एकताले ठाउँ लिँदै छ ’ ‘प्रचण्डले भन्नुभयो, ‘त्यसको असर विभिन्न जनसंगठनहरूमा देखिँदै छ । कर्मचारीमा पनि देखिँदै छ । बाँकी रहेका साथीहरु पनि एकीकृत र केन्द्रीत हुने विश्वास लिएको छु ।’ संघीयता उल्ट्याउन विभिन्न शक्तिहरु लागि परेकाले सजक रहन कर्मचारीलाई आग्रह गर्नुभयो ।

‘संघीय लोकतान्त्रिक गणतन्त्र उल्ट्याउने तत्वहरु अहिले पनि सक्रिय छन् । उपल्लो तहका कर्मचारीहरु संघीयता र निजामती ऐन अघि बढाउने कुरामा वा वृद्धि विकासका लागि हामीले लग्न खोजिएका कुरामा सम्बोधन गर्न नदिने प्रकारान्तरले लागि परेका छन् ’ उहाँले भन्नुभयो, संघीयताको रक्षाका लागि कर्मचारी, नागरिक समाज, विद्यार्थी, मजदुर सबै एक जुट भई लाग्नु प¥यो । यो संविधानलाई अझ परिमार्जन गरेर व्यवस्थित गरेर लग्नु छ ।’ कर्मचारीबाट यो पटक केन्द्रीय समितिमा समेटिने प्रचण्डले विश्वास दिलाउनुभएको छ । रातोपाटीबाट

सम्बन्धित समाचार

thumbnail

बजेट काटिदिएको गुनासो लिएर सुदूरपश्चिमका मन्त्री काठमाडौंमा

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्ष ०७९/८० का लागि ल्याएको बजेटमा असन्तुष्टि जनाउँदै सामाजिक विकास मन्त्री गोविन्द बोहरा काठमाडौं पुग्नुभएको छ । सामाजिक विकास मन्त्रालयबाट सिफारिस गरिएका योजना आर्थिक मामिला…

thumbnail

श्रीलङ्का सरकारले इन्धन कटौती गर्ने

एजेन्सी । श्रीलङ्काले इन्धनमा कटौती गर्ने जनाएको छ । श्रीलङ्काका लागि आयात भइ आएका डिजेल, पेट्रोल र कच्चा तेल प्राप्त गर्न नसकेपछि उसले देशभित्रै इन्धन कटौती गरेको हो । सो कुराको जानकारी…

thumbnail

वीरगञ्ज नाकाबाट निर्यातमा ७३ प्रतिशत वृद्धि

पर्सा । नेपालको मुख्य प्रवेशद्वार र देशकै प्रमुख व्यापारिक नाका वीरगञ्जलाई प्रयोग गरी भारत तथा तेस्रो मुलुकतर्फ हुने नेपाली वस्तुको निर्यातमा उल्लेख्य वृद्धि भएको छ । गत आर्थिक वर्षको ११ महिनाको तुलनामा…