मानसिक रूपमा खुसी नहुँदासम्म जीवनको अनुभूति हुनसक्दैन : शिक्षामन्त्री पौडेल

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले मानसिक रुपमा खुसी नहुँदासम्म जीवनको अनुभूति हुन नसक्ने बताउनुभएको छ । सोमबार जिल्ला प्रशासन कार्यालय भक्तपुरले आयोजना गरेको राष्ट्रिय योग दिवसको अवसरमा उहाँले यस्तो बताउनुभएको छ । ‘मानसिक रुपमा खुसी नहुँदासम्म जीवनको अनुभूति हुनसक्दैन, उहाँले भन्नुभयो, ‘प्रकृतिको साधन गर्न सक्दैनौं त्यसैले योग महत्वपूर्ण हो ।’

प्रकृतिले उपहार स्वरुप मानव जिवन दिएको बताउँदै प्राप्तिका लागि तछाडमाछाड गरी हिँडिरहेको बताउनुभयो । उहाँले प्रकृतिमा बाँच्नका निम्ति वनस्पति र प्रणालीलाई आफ्नै प्रकारका आवश्यक तत्वहरु उपलब्ध गराएको बताउँदै प्रकृतिसँग समाउन सक्नुपर्नेमा जोड दिनुभयो । योग भन्ने बित्तिकै धर्मसँग जोडेर हेर्ने पश्चिमा संस्कृतिसँगको प्रचलन थियो । आज समय बदलिएको छ । योग भनेको मानव जीवनसँगै लगेर जाने हो’ उहाँले भन्नुभयो ।

‘पूर्वीय दर्शनमा सत्यम्, शिवम् सुन्दरम् भनेर पढ्छौं । आजभोलिको भौतिक जीवनमा समृद्धिको कुरा छ’ उहाँले भन्नुभयो, ‘आत्मक समृद्धि प्राप्ति नहुँदासम्म भौतिक जीवनमा सत्यम्, शिवम् र सुन्दरम् फल्न, फक्रन सक्दैन ।’ मन, बचन र कर्ममा अनुभूती प्रकृतिले दिएको उपहारलाई ठिक तरिकाले ग्रहण गर्नका निम्ति शरीरलाई स्वस्थ राख्नुपर्ने उहाँले बताउनुभयो । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार