माधव नेपाल दुई सय वर्ष बाँच्नुहोस्, पदमा रहिरहनुहोस् : भट्टराई

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई पदमा रहिरहन शुभकामना दिनुभएको छ । अध्यक्ष नेपालप्रति सचिव भट्टराईले आइतबार दिएको अभिव्यक्तिलाई लिएर एकीकृत समाजवादीका कार्यकर्ताले आलोचना गर्नुभएको थियो । भट्टराईले आइतबार संसद भवनबाट बाहिरिने क्रममा पत्रकारहरूसँग कुराकानी गर्दै माधव नेपालले अब सन्यास लिए हुने बताउनुभएको थियो।

शनिबार एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठकमा माधव नेपालले ‘एमालेका १० भाइहरू दास भएर बसेकोु टिप्पणी गर्नुभएको थियो । त्यसप्रति लक्षित गर्दै सचिव भट्टराईले ‘माधव नेपालजस्तो शीर्ष नेता त्यो ढंगले बोल्ने कुरा मलाई त्यति ठिक लाग्दैन। उहाँ सम्हालिनु पर्छ। अर्को कुरा उहाँ जीवनको उत्तरार्धमा हुनुहुन्छ। राजनीतिको पनि उत्तरार्धमा हुनुहुन्छ। उहाँका बारेमा धेरै टिप्पणी किन गर्नु,’ भन्नुभएको थियो।

भट्टराईले अध्यक्ष नेपालको अवकासको जीवन राम्रोसँग वितोस् भन्नुभएको थियो । ‘उहाँको आगामी अवकासको जीवन राम्रो बितोस्। उहाँ अवकास लिने बेलामा अर्को पार्टी बनाउँछु भनेर धुलो उडाउँदै हिँड्नु भएको छ, त्यो असम्भव कुरा हो। असम्भव कुरामा दौडिने नभई आफ्ना गल्तीलाई महसुस गरेर अब नयाँ पुस्तालाई राजनीति, पार्टी मुलुक सुम्पेर आफू आनन्दले बस्ने । सन्यासी मान्छेले मुख छोड्दै हिँड्दैन,’ उहाँले भन्नुभएको थियो ।

सचिव भट्टराईको यो अभिव्यक्तिलाई लिएर एकीकृत समाजवादीको भ्रातृ संगठन अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुली लगायतले आलोचना गर्नुभएको थियो। अध्यक्ष माधवलाई भट्टराईले सन्यासको धम्की दिएको पराजुलीको भनाइ थियो।’माधव नेपाललाई उचाली-उचाली राजनीतिमा बैतर्नी तरेकाले सन्यासको धम्कीरु माधव नेपालको समूहमा नलागेको भए पार्टी राजनीतिमा आज कुन कुनारकुन स्थानमा पुग्ने थियो हेक्का होला नि, इतिहास साँची नै छ,’ पराजुलीले भन्नुभएको थियो । नेपालको कम्युनिष्ट पार्टीलाई विभाजन गर्न भट्टराईले सकुनीको भूमिका खेलेको आरोप पराजुलीको थियो।

‘नेपाल कम्युनिष्ट पार्टीलाई विभाजन गर्न सकुनिको भूमिका खेल्नेहरूबाट धम्कीरु एमाले, नेकपा विभाजनको बिजारोपण गर्ने द्वन्द्वको जग बसाल्नेले आज यसरी बोल्नलाई अलिकति पनि लाज लाग्दैनरु बैगुनी केटोको उपमा त्यसै प्राप्त भएको होइन रहेछ,’ पराजुलीले आइतबार बेलुकी फेसबुकमा लेख्नुभएको थियो्, ‘माधव नेपालको राजनीतिक टोपी शिरमा नभिरेको भए आज कुन राजनीतिक खेलमैदानमा हुनुहुन्थ्योरु विभाजनका शिरोमणिहरू यस्तो राजनीति कति दिन चल्छरु विभाजन र समूहबन्दीका नाइकेहरू माधव नेपालले होइन सन्यास लिने तपाईंहरूले हो।’पराजुलीप्रति लक्षित गर्दै सोमबार बिहान एमाले सचिव भट्टराईले पनि फेसबुकबाट नै जवाफ फर्काउनुभएको छ ।

‘कमरेड माधव नेपालले हामीमाथि पटकपटक भद्दा र अशिष्ट टिप्पणी गर्नु भयो । उहाँको सम्मानका लागि हामीले कुनै टिप्पणी गरेनौं। अस्ती फेरि तल्लो स्तरमा झरेर बोल्नु भयो। अनि मैले उहाँकै हित हुने गरी जीवन उपयोगी जवाफ फर्काए। समाजवादीका युवाहरूको चित्त दुखेछ,’ भट्टराईले भन्नुभएको छ, ‘माफ गर्नुहोला तपाईंहरूको चित्त दुखाउनु मेरो मनसाय होइन । अब उनीहरू खुशी हुने गरी म भन्न चाहन्छु-कमरेड माधव नेपाल दुई सय वर्ष बाँच्नुहोस्। पदमा रहिरहनुहोस्, शुभकामना।’ सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार