विराटनगरका बस्तीमा पस्यो सिंघिया खोला

विराटनगर । अबिरल वर्षासँगै सिंघिया खोलामा आएको बाढी बस्तीमा पसेको छ । मंगलबार बिहान विराटनगर महानगरपालिका वडा नं। ८ को खोला किनारका बस्तीमा बाढी पसेको हो ।

सिंघियाको बाढीका कारण खोला किनारमा २५ परिवार विस्थापित भएका छन् । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठका अनुसार बिस्थापितहरूलाई सुरक्षित स्थानमा सारिएको छ ।

खोला किनारका अन्य बस्ती पनि बाढीको जोखिममा परेका छन् । सिंघियाको बाढीका कारण कटहरी १ को खोला किनारका बस्तीमा पनि पानी पसेको छ । विराटनगर २ को खोला किनारका बस्तीमा पनि पानी पसेको छ । स्थानीय सुभाष कामतका अनुसार बाढीले बस्ती छोएपछि स्थानीयबासिन्दाले अन्यत्र सर्ने तयारी गरिरहेका छन् । अनलानइखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार