म्याग्दीकी मिलनले जितिन् पाँचौं मिस मगर नेपालको ताज

पोखरा । म्याग्दीकी मिलन थापा मगरले पाँचौं मिस मगर नेपाल २०२२ को ताज जित्न सफल हुनुभएको छ । शुक्रबार राति पोखरामा सम्पन्न ग्राण्ड फिनालेमा ११ जना प्रतिस्पर्धीलाई पछि पार्दै मिलनले ताज जित्नुभएको हो ।उहाँले टाइटलसंगै ७० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नुभएको छ ।

जिल्लाको बेनी नगरपालिका वडा नम्बर १० निवासी मिलन `टिकटक क्वीन´ले समेत परिचित हुनुहुन्छ ।बेनी स्थित प्रकाश माविबाट विज्ञान विषयमा कक्षा १२ काे परीक्षा दिनुभएको छ । मिलन नृत्यमा समेत अब्बल हुनुहुन्छ ।

यसैगरी एसटी क्रियशन म्यानेजमेन्टद्वारा आयोजित प्रतियोगितामा फष्ट रनरअफ भावना खपांगीमगले जित्नुभयो । उहाँले ३० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नुभयो ।

यस्तै, सेकेन्ड रनरअप दुर्गा रानामगर बन्न सफल हुनुभयो । उहाँले २० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नुभयो । यसैगरी थर्ड रनरअप बन्न सफल मीना गर्बुजा मगरले १० हजार रुपैयाँ नगद पुरस्कार जित्नुभएको छ । यसैगरी भ्यूवर च्वाइसको उपाधि रोश्ना बुढाथोकी मगर हुनुभएको थियो । विजेताहरुलाई गण्डकी प्रदेशका मन्त्री मेखलाल श्रेष्ठले पुरस्कार प्रदान गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार