वडा सदस्य कार्कीको निधन

  म्याग्दी न्युज संवाददाता

बेनी । म्याग्दीको बेनी नगरपालिका–२,का वडा सदस्य कृष्णबहादुर कार्कीको निधन भएको छ । नेकपा माओवादी केन्द्रबाट निर्वाचित कार्कीको उपचारको क्रममा पोखरामा निधन भएको हो ।

ज्यामरुककोटका बिकास निर्माण, लामो समय स्थानीय सामुदायिक विद्यालयको ब्यवस्थापन समितिको नेतृत्व गर्नुभएका कार्की भद्र, शालिन स्वभाव र निकै सहयोगी हुनुहुन्थ्यो। उहाँ लामो समयदेखि राजनीतिक, शैक्षिक तथा सामाजिक क्षेत्रमा सक्रिय हुनुहुन्थ्यो ।

केहीदिन यता कार्कीको स्वास्थ्य बिग्रिएको अस्पतालले जनाएको छ। स्वर्गीय कार्कीको पार्थीव शरिरमा नेकपा माओवादी केन्द्र म्याग्दीले पार्टीको झण्डा ओडाएर श्रद्धाञ्जली दिएको छ । माओवादीका नेताले क्रान्तिकारी, इमानदार छवि भएका नेतालाई गुमाउँदा सिंगो पार्टी र समाजलाई ठूलो क्षति भएको बताएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार