म्याग्दीबाट प्रतिनिधि सभा चुनावका लागि कांग्रेसमा प्रत्यक्षतर्फ ४ र समानुपातिक तर्फ १० जना आकांक्षी

  म्याग्दी न्युज संवाददाता

बेनी ।आगमी ०४ मंसिरमा हुने प्रतिनिधि सभा सदस्य चुनावका लागि नेपाली कांग्रेस म्याग्दीबाट १४ जना आकांक्षीहरु देखिएका छन् । बुधबार बेनी स्थित पार्टी कार्यालयमा बसेको बैठकमा प्रत्यक्षतर्फ सभापति खमबहादुर गर्बुजा ‘खम्बिर’,सविधान सभा सदस्य रेशमबहादुर बानियाँ ,उपसभापति केवी भण्डारी र पुर्व सह–सभापति नेत्रबहादुर महतले प्रतिनिधि सभा टिकटका लागि नाम टिपाउनुभएको छ ।

त्यस्तै समानुपातिकतर्फ निवर्तमान उपसभापति माधवप्रसाद रेग्मी,सचिव हिराबहादुर पुन ,मनकुमारी विश्वकर्मा ,विनाकुमारी खड्का ,मालिका गाउँपालिकाका निवर्तमान अध्यक्ष श्रीप्रसाद रोका मगर,भिमबहादुर रोका मगर ,दिलबहादुर बरुवाल,गोपाल बानियाँ ,प्रताप पुर्जा र त्रिलोकचन्द विश्कर्माले नाम टिपाउनुभएको कांग्रेस म्याग्दीले जनाएको छ । भोली विहिबार थप छललफल गरेर मात्र आकांक्षी उम्मेद्वारहरुको नामावली प्रदेशमा सिफारीस गर्ने सचिव हिरबहादुर पुनले जानकारी दिनुभयो ।

याे पनि…

कांगेस म्याग्दी प्रदेशसभा निर्वाचन क्षेत्र ‘क’बाट ८ जना र ‘ख’बाट ९ जनाको नाम सिफारिस

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार