आगलागी पीडित परिवारलाई लायन्स क्लब अफ म्याग्दी दरबाङको खाद्यान्न राहत सामग्री सहयोग

  म्याग्दी न्युज संवाददाता

दरबाङ । म्याग्दीको मालीका गाउँपालिका–७,बिम स्थित अष्टबाङका आगलागी पीडितलाई लायन्स क्लव अफ म्याग्दी दरबाङले राहत सामग्री सहयोग गरेको छ। आगलागीमा जलेर नष्ट भएपछि समबहादुर दर्जीको परिवारलाई १४ हजार रुपैयाँ बराबरको खाद्यान्न सहितको साम्रागी सहयोग गरिएको लायन्स क्लव अफ म्याग्दी दरबाङका अध्यक्ष थमन गौतमले बताउनुभयो ।

आगलागीबाट घरमा रहेका लत्ताकपडा, अन्नपात लगायतको धनमाल जलेर नष्ट भएपछि पीडितलाई समस्या भएकाले सहयोग गरिएको क्लवले जनाएको छ ।आगलागीबाट घर जलेर नष्ट भएपछि छिमेकीको बस्दै आउनुभएको छ । २३ भदौमा आगलागी भएपछि गाउँपालिका उपाध्यक्ष लक्ष्मीदेबी घर्ति मगर पुनले घटना स्थलमै पुगेर तत्काल राहत स्वरुप मालिका गाउँपालिकाको तर्फबाट एक ठान पाल सहित लत्ताकपडा ,खाद्यान्न सामग्री पीडित परिवारलाई उपलब्ध गराउनुभएको थियो । सोही अवसरमा रेडक्रस सोसाइटी बिमले समेत राहत सामग्री सहयोग गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार