गायीका श्रीपाल माथि दुरव्यवहारको घटना प्रति मोनाको ध्यानाकर्षण

  म्याग्दी न्युज संवाददाता

म्याग्दी । सांगीतिक कार्यक्रमका लागि जापानमा रहनुभएकी लोक दोहोरी गायीका अमृता श्रीपाललाई दुरव्यवहार गरिएको घटना प्रति म्याग्दी प्रवासी नेपाली संघ मोना जापानले गम्विर ध्यानाकर्षण भएको जनाएको छ ।

बुधवार एक विज्ञप्ती जारी गर्दै मोनाले गायीका श्रीपाललाई ओसाका काबे स्थित धवलागिरी दोहोरी साँझका संचालक धन थापाबाट भएको अमानवीय व्यवहारको घोर भत्सना गरेको छ ।

म्याग्दीको बेनी नगरपालिका – २ भकिम्ली निवासी गायीका श्रीपालले आफुमाथि थापाद्वारा दुरव्यवहार भएकोले व्यक्तिगत सुरुक्षाको माग गर्दै मोनामा निवेदन दिएपछि विज्ञप्ती घटना प्रति संस्थाको ध्यानाकर्षण भएको मोना जापानका महासचिव गणेश श्रेष्ठले बताउनुभयो ।

आफैले स्पोन्सर गरेर बोलाएको कलाकार प्रति ज्यादतीपूर्ण व्यवहार हुनु दुखद हो, रक्षक नै भक्षक भएको यो घटना प्रति हाम्रो गम्भिर आपत्ती छ, महासचिव श्रेष्ठले भन्नुभयो ।

मोना जापानका महासचिव श्रेष्ठ र अध्यक्ष सचिन श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तीमा थापालाई गल्ती सच्याउदै यथाशिघ्र लिखित रुपमा गायीका समक्ष माफी माग्न आगामी दिनको यो हर्कत नदोहो¥याउने प्रतिवद्धता जनाउन आग्रह गरिएको छ ।

अन्यथा महिलामाथि भएको यौनहिंसा र ज्यान मार्ने धम्की दिएको कसुर सम्वन्धमा व्यवस्था भएको जापानको कानुन अनुसार दोषिलाई हदै सम्मको कार्वाहीको माग गर्दै कानुनी उपचारका लागि कडा कदम चाल्न बाध्य हुने विज्ञप्तीमा उल्लेख गरिएको छ ।

गायीका श्रीपालले आफुलाई र म्याग्दीमा रहेको परिवारलाई समेत थापाले धम्की दिने गरेको र थापाको यातनाले मानसिक, तथा भौतिक रुपमा समेत ग्रसित भएको भन्दै उचित न्याय र सुरक्षाको प्रत्याभुति दिलाईदिन माग गर्दै म्याग्दी प्रवासी नेपाली संघ मोना जापानमा निवेदन दिनुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार