म्याग्दीमा २०औँ अन्तर मावि जेसिज कप फुटबल प्रतियोगिता हुने

  म्याग्दी न्युज संवाददाता

म्याग्दी । म्याग्दी जेसीजको मूल आयोजनामा हरेक बर्ष सञ्चालन हुँदै आएको जिल्ला स्तरीय अन्तर मा.वि. जेसीजकप फुटवल प्रतियोगिता आगामी मंसिर २१ गतेदेखि २५ गतेसम्म सञ्चालन हुने भएको छ । “जेसीजकप फुटबल म्याग्दीको शान–प्रतिभाको पहिचान र क्षमता प्रस्फुटन” भन्ने मुल नारा भन्ने मूल नाराका साथ सञ्चालन हुने २० औँ संस्करणको प्रतियोगिता सदरमुकाम बेनी स्थित खुलामञ्चमा हुनेछ ।

सोमबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगितामा बिजेता विद्यालयलाई जेसीजकप रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र सहित नगद रु ५२ हजार २२२ र उपबिजेतालाई ट्रफि, मेडल र प्रमाणपत्रको साथमा नगद रु ३२ हजार २२२ पुरस्कार प्रदान गरिने प्रतियोगिताका मुल संयोजक दिनेश बानियाँले जानकारी दिनुभयो ।

उनका अनुसार, उत्कृष्ट खेलाडी, गोलरक्षक, डिफेन्डर, स्ट्राइकर, मिडफिल्डर, प्रशिक्षक, सर्वाधिक गोलकर्ता तथा राईजिङ प्लेयरलाई विभिन्न अवार्डबाट नगद रु २ हजार ५ सयको साथमा ट्रफि, मेडल र प्रमाणपत्र सहित पुरस्कृत गरिनेछ भने अनुशासित टिमलाई नगद रु ७ हजार ७ सय ७७ को साथमा ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

प्रतियोगितालाई सफल रुपमा सम्पन्न गर्नका लागि आर्थिक संकलन, प्रचार प्रसारका काम उपसमिति निर्माण गरेर सुरु गरिएको म्याग्दी जेसीजका शाखा अध्यक्ष सन्दिप खत्रीले बताउनुभयो । प्रतियोगिता सञ्चालनको लागि रु ७ लाख ५७ हजार २३१ रुपैयाँ हजार खर्च हुने अनुमान गरिएको छ । जेसीजकप फुटवल म्याग्दीमा विद्यालय तहमा हुने जिल्ला स्तरीय चर्चित फुटवल प्रतियोगिताको मुख्य प्रायोजक “गौमती विकास कोष” रहेको छ ।

प्रतियोगिता संचालन तथा व्यवस्थापनका लागि म्याग्दी जेसिजका कार्यकारिणी उपाध्यक्ष दिनेश बानियाँ मुल संयोजक रहेको १७ वटा विभिन्न उपसमितिहरु गठन गरिएको छ । अन्तर माविस्तरीय फुटबल प्रतियोगिताले विद्यालयस्तरमा लुकेर रहेको खेल प्रतिभालाई उजागर गराउन महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार