मालिकामा वडा स्तरीय पुरुष तथा महिला शिक्षक भलिबल प्रतियोगिता ः पुरुष र महिला तर्फ वडा नम्बर २ विजयी

विप्लब कार्की
दरबाङ । म्याग्दीको मालिका गाउँपालिकाको शिक्षा ,युवा तथा खेलकुद शाखाको आयोजना र वडा नम्बर ६ स्थित जनप्रिय माविको व्यवस्थापनमा आयोजित वडा स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता सम्पन्न भएको छ । शनिबार सम्पन्न भएको प्रतियोगितामा पुरुष र महिला तर्फको उपाधी वडा नम्बर २ ले हात पारेको जनप्रिय माविका प्रअ दिवाकर सुवेदीले जानकारी दिनुभयो ।

उहाँका अनुसार महिला तर्फ वडा नम्बर ६ र पुरुषतर्फ वडा नम्बर ७ द्धितिय हुन सफल भएका छन् । विजेता पुरुष र महिला दुवै टिमलाई २०÷२० हजार रुपैयाँ सहित ट्रफी ,मेडल र प्रमाणपत्र प्रदान गरिएको शिक्षा अधिकृत अशोक रिजालले बताउनुभयो । यसैगरी उपविजेता वडा नम्बर ६ र ७ ले १०÷१० हजार रुपैयाँ सहित मेडल र प्रमाणपत्र हात पारेका छन् । दुई दिन सम्म सञ्चालित प्रतियोगितामा पुरुष र महिला तर्फ गरी ७÷७ टिमको सहभागिता रहेको थियो ।

प्रतियोगितामा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज काफ्ले ,वडा नम्बर २ का वडा अध्यक्ष उदयकुमार बुढाथोकी र शिक्षा अधिकृत अशोक रिजालले पुरस्कार वितरण गर्नुभएको थियो । प्रमुख प्रशासकी अधिकृत काफ्ले विद्यालय स्तरमा खेल क्षेत्रलाई थप व्यवस्थित बनाउन प्रतियोगिताले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । प्रतियोगिताको उद्घाटन गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजाले गर्नुभएको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार