फुलबारीमा मिलन लामा र प्रिति आलेको सांगीतिक प्रस्तुति हुने

  म्याग्दी न्युज संवाददाता

दरबाङ । म्याग्दीको मालिका गाउँपालिका–४,फुलबारीमा लोक गायक मिलन लामा र गायीका प्रिति आलेको सांगितिक प्रस्तुति हुने भएको छ । छहारी युवा क्लवको ३६ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा पुष ८ गते लामा र आलेको प्रस्तुति रहने भएका हो । वार्षिकोत्सवको अवसरमा शुक्रबारदेखि विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम शुरु भएको छ ।

सो अवसरमा भलिबल लगायत खेलकुद प्रतियोगिता आयोजना गरिएको छ । स्थानीय युवा राज बुढाले ग्रामिण क्षेत्रका बासिन्दाहरुको मनोरञ्जनका लागि राष्ट्रिय कलाकार ल्याएर सांस्कृतिक कार्यक्रम गर्न लागिएको बताउनुभयो । आन्तरिक पर्यटन प्रर्वद्धनका साथै फुलबारी गाउँलाई चिनाउन सहयोग पुग्ने उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार