तस्बिरमा प्रकाश दुतराज र एलिना चौहान

  म्याग्दी न्युज संवाददाता

बेनी । बेनीमा जारी सातौं म्याग्दी महोत्सव एवं माघेसंक्रान्ती मेलाको दोस्रो दिन शुक्रबार साँझ लोकप्रिय गायक प्रकाश दुतराज र गायीका एलिना चौहान लगायत कलाकारहरुले प्रस्तुती दिएका छन् । प्रकाश र एलिनाको प्रस्तुतीमा दर्शकहरुले भरपुर मनोरञ्जन प्राप्त गरे । म्याग्दीमा जन्मनुभएका प्रकाशका बैनी झ्यालैमा, घर कता हो बैनीको, चोली मैलो भो, जाम भो माइली लगायतका गीत चर्चित छन् ।

४ दर्जन बढी गीतमा स्वर दिइसक्नुभएकी एलिनाका ‘मिनिरल वाटर’, ‘कुरा काट्ने मान्छेले काटुन’, ‘छेकेर माया छेकिन्न’, ‘मेरो परान’ लगायतका गीत चर्चित छन् । शुक्रबार रवि कार्की ,धौलागिरी लोकतारा शक्ति छिनाल , गायक राजीन भण्डारी ,डान्सर बिनु कार्की ,लोकगायीका रामकुमारी पुन ,कालरात्री ब्याण्ड ,डायल ९११ ब्याण्ड ,प्रकाश सुनार लगायत कलाकारले प्रस्तुती प्रस्तुत गरेका थिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार