लोक गायक रसाईलीको ‘बेनीको बजार’ पञ्चेबाजा गीत सार्वजनिक (भिडिओ)

  म्याग्दी न्युज संवाददाता

म्याग्दी । म्याग्दीका उदयमान लोक गायक बाबुराम रसाईलीको साँगतिक कोसेली “बेनीको बजार“ पञ्चेबाजा गीत सार्वजनिक भएको छ ।
निरन्तर गीतसङ्गीतमा तल्लिन रहेका रसाइलीको यो छैठौँ गीत हो । जिल्लाका बाबियाचौर दुखु , बेनी, रत्नेचौर लगायत स्थानमा छायाङ्कन गरिएको यस पञ्चेबाजा गीतमा गायक रसाईली र लोकप्रिय गायिका अमृता नेपालीको स्वर रहेको छ ।

आफूले रोजेको प्रेमी हुँदाहुँदै बुबाआमाको इच्छानुसार अर्कैसँग विहे हुँदा निम्तिएको दर्दनाक घटना यस गीतमा उतारिएको छ ।
विपिन पौडेलले लेख्नु भएको यस गीतको एरेञ्ज चर्चित सारङ्गी वाधक हेमन्त कान्छा रसाइलीले गर्नुभएको हो ।

भिडिओ

भिडियो निर्देशन गोकुल विश्वकर्मा, क्यामेरा किरण कार्की तथा मुख्य अभिनयमा विकास विश्वकर्मा, ज्ञानु राना फगामी, सुशन बर्देवा, अजीत बरुवाल, पविता पुन, हिमाल गुरुङ लगायतका कलाकारहरु रहेका छन् ।गायीका अमृता नेपालीको युटुव च्यानलबाट सार्वजनिक भएको गीतको प्रतिक्रिया राम्रो आएको गायक रसाईलीले बताउनुभयो । समुहमा काम गरेका छौँ, सवैको मेहनतले गीत राम्रो बनेको छ, श्रोता दर्शकले माया गर्नुहुनेछ भन्ने विश्वस्त छु, गायक रसाईलीले भन्नुभयो ।

तिमीलाई सम्झिंदाको पल, माया तिमीले कहिल्यै नभुल, जानु पर्छ गोठमा, हातमा उनकै नाउँ छ, पुर्णगाउँको चिनारी गीत सार्वजनिक गरिसकेका गायक रसाइलीले निन्तर गीत संगीतमा लाग्ने योजना बनाएको सुनाउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार