एमाले अध्यक्ष ओलीको आफ्नै युट्युब च्यानल ‘केपी बा’

  म्याग्दी न्युज संवाददाता

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो छुट्टै युट्युव च्यानल सञ्चालन गर्न थाल्नुभएको छ । ‘केपी बा’ नाम राखिएको च्यानल बिहिबारदेखि सञ्चालनमा आएको हो ।

च्यानलमा पहिलो भिडियोका रुपमा उहाँले ‘ती तीन मृत्यु, जसले मलाई छोडेर गए’ शीर्षकमा २५ मिनेट लामो भिडियो अपलोड गर्नुभएको छ ।

उहाँले जीवनमा अनुभव गरेका कुराहरु बायोग्राफी जस्तो भिडियो साम्रगी च्यानलमा राखिने रामशरण बजगाईले बताउनुभयो ।  आफ्ना अनुभवहरु जनतासमक्ष पु¥याउनका लागि आफ्नो जन्मदिनको दिन जन्मसमय पारेर बिहीबारदेखि सो च्यानल सञ्चालनमा आएको उहाँले बताउनुभयो । च्यानलमा नियमित रुपमा भिडियो प्रकाशन गर्दै जाने बजगाईंले बताउनुभयो । रातोपाटी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार