धौलागिरी हिमालमा एक वेपत्ता, दुई जनाको सकुशल उद्दार

  म्याग्दी न्युज संवाददाता

बेनी। म्याग्दी स्थित धौलागिरि हिमालमा एक जना भरिया वेपत्ता हुनुभएकाे छ । दुई जनाको सकुशल उद्दार गरिएको छ । धौलागिरि आधार शिविरमा आरोहीको सामान पु¥याएर फर्कने क्रममा शुक्रबार साँझ उनिहरु हिउँ पहिरोमा पुरिएका थिए ।

वेपत्ताको खोजीका लागि शनिबार हेलिकप्टर मार्फत धौलागिरि आधार शिविर पुगेर फर्कनुभएका म्याग्दी दानाका इन्द्रसिंह शेरचनका अनुसार सोलुखुम्बुको सोलदूधकुण्ड नगरपालिका– १ ,नुथला फुलेली गाउँका २० वर्षीय अमृत राई वेपत्ता हुनुभएको हो ।

अमृतसँगै वेपत्ता भएका सोही ठाउँका धिरज राई र अर्जुन राईको शनिबार शेर्पाहरुको टोलीले सकुशल उद्दार गरेर इटली आधार शिविरमा लगेका शेरचनले जानकारी दिनुभयो । उहाँहरु सेभेन समिट ट्रेक काठमाडौबाट भरियाको रुपमा आधार शिविरमा आएका थिए । जापानीज आधार शिविर नजिकै हिउँपहिरोमा परेका थिए । संसारको सातौं आठ हजार १६७ मिटर अग्लो धौलागिरि हिमाल म्याग्दीको धवलागिरी गाउँपालिकाको वडा नम्बर ४ मा अवस्थित छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार