सरकार र महावीर पुनबीच ७ बुँदे सहमति

  म्याग्दी न्युज संवाददाता

काठमाडौं । विभिन्न माग राखेर आन्दोलन गरिरहनुभएका राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष  डा. महावीर पुन र सरकारबीच ७ बुँदे सहमति भएको छ ।आज उपप्रधान तथा रक्षा एवम् कानूनमन्त्री पूर्णबहादर खड्का र पुनबीच उक्त सहमति भएको हो ।

उपप्रधानमन्त्री खड्का र पुन हस्ताक्षरित सहमतिमा अनुसन्धान तथा विकास, नवप्रवर्तन तथा आविष्कारसम्बन्धी कार्यहरू एकीकृत रूपमा संचालन गर्न नेपाल सरकारले एउटा कोष स्थापना गर्ने र यस कोषबाट अनुसन्धान तथा विकास, नवप्रवर्तन तथा आविष्कारसम्बन्धी कार्यहरुमा लगानी गर्ने उल्लेख छ ।

याे पनि…

महावीर पुनको आन्दोलनलाई सांसद गर्बुजाको समर्थन

कोषको व्यवस्थापन तथा संचालन गर्न सङ्घीय संसदको आउँदो अधिवेशनमा विधेयक पेश गरी पारित गर्ने र सो विधेयकको मस्यौदा सरोकारवालाको परामर्शमा आगामी ६० दिनभित्र तयार सहमति पत्रमा उल्लेख छ ।मागपत्रमा उल्लिखित अन्य विषयहरुलाई कानून बनाउँदा ध्यान दिन तथा महावीर पुनको नेतृत्वमा भैरहेको धर्ना लगायत सबै आन्दोलनका कार्यक्रम अहिले नै अन्त्य गर्ने सहमति भएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार