महावीर पुनको आन्दोलनलाई सांसद गर्बुजाको समर्थन

  म्याग्दी न्युज संवाददाता

म्याग्दी । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक बैज्ञानिक महावीर पुनको जारी आन्दोलनलाई प्रतिनिधिसभा सदस्य सांसद खमबहादुर गर्बुजा ‘खम्बिर’ले समर्थन जनाउनुभएको छ । आइतबार विहान एक प्रेस विज्ञप्ती जारी गर्दै सांसद गर्बुजाले महाविर पुनको जारी आन्दोलनमा ऐक्यवद्धता जनाउनुभएको हो । सांसद गर्बुजाले महावीर पुनका माग सम्बोधन गराउन सडक र सदनबाट आफुले आवाज उठाउने समेत प्रतिबद्धता जनाउनुभएको छ । म्याग्दीबाट निर्वाचित सांसद गर्बुजाले महावीर पुनका जायज माग पुरा गर्न समेत सरकारलाई आग्रह गर्नुभएको छ ।

‘नेपालका मुर्धन्य बैज्ञानिक म्याग्दी जिल्लाका धर्तीपुत्र महावीर पुनले ‘अनुसन्धान,नवप्रवर्तन र आविष्कारका लागि सामाजिक आन्दोलन’‘अनुसन्धान, नवप्रवर्तन र आविष्कार कोष’को कार्य अघि बढाउनु पर्ने लगायत माग सहित शुक्रबारदेखि सुरु गर्नुभएको आन्दोलनमा मेरो पुर्ण ऐक्यबद्वता छ,’ सांसद गर्बुजाद्धारा जारी विज्ञप्तीमा भनिएको छ ।

प्रेस विज्ञप्ती
……
नेपालका मुर्धन्य बैज्ञानिक म्याग्दी जिल्लाका धर्तीपुत्र महावीर पुनले ‘अनुसन्धान,नवप्रवर्तन र आविष्कारका लागि सामाजिक आन्दोलन’‘अनुसन्धान, नवप्रवर्तन र आविष्कार कोष’को कार्य अघि बढाउनु पर्ने लगायत माग सहित शुक्रबारदेखि सुरु गर्नुभएको आन्दोलनमा मेरो पुर्ण ऐक्यबद्वता छ।

देशभक्त बैज्ञानिकले उठाएका उक्त मागहरुका सम्बन्धमा सडक र सदन दुबै स्थानबाट आवाज उठाउन र साथदिन तयार छु।सरकारले उहाँका मागहरुलाई अविलम्ब पुरा गरोस् भन्ने जोडदार माग गर्दछु।

मा.खम बहादुर गर्बुजा ‘खम्बिर’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार