म्याग्दी कलाकार संघ काठमाडाैंकाे अध्यक्षमा लाली बुढाथोकी

  म्याग्दी न्युज संवाददाता

बेनी । म्याग्दी जिल्लाबाट काठमाडौंमा गई बसोबास गर्ने विभिन्न विधामा क्रियाशिल कलाकारहरुको संस्था म्याग्दी कलाकार संघ काठमाण्डौको अध्यक्षमा चर्चित लोकप्रीय लोक दोहोरी गायीका लाली बुढाथोकी निर्वाचित हुनुभएको छ । संघको काठमाडौँमा सम्पन्न तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशनबाट लोकदोहोरी गायिका बुढाथोकी अध्यक्षतामा नयाँ कार्य समिति चयन भएको हो ।

संघको बरिष्ठ उपाध्यक्षमा मिना गर्बुजा, प्रथम उपाध्यक्ष दिलकुमारी गर्बुजा, द्धितिय उपाध्यक्ष कृष्ण परियार, तृतिय उपाध्यक्ष दिपक शर्मा, महासचिवमा राम गगन, सचिव प्रकाश दुतराज, महिला सचिव बिमला श्रीष, सम्पर्क सचिव निरुता पुन, कोषाध्यक्ष पूर्ण थापा र सहकोषाध्यक्ष कुमारी चेपाङ सहित ३५ सदस्यीय कार्यसमिति चयन गरिएको नवनिर्वाचित महासचिव राम गगनले जानकारी दिनुभयो ।

अधिवेशनले कलाकार कल्याणकारी कोषको संयोजकमा जालमायाँ बुढाथोकीलाई चयन गरेको छ । त्यस्तै कार्य समिति सदस्यहरुमा जितेन्द्र राम्जाली, हेमन्त कान्छा रसाईली, शोभा कार्की, सरिस्मा राम्जाली, दिपा गुरुङ्ग, मिरा राम्जाली, विष्णु दगामी, अमृता श्रीपाल, रविना भण्डारी, अलिजीवा पुन, सुधिर श्रेष्ठ, दिप सागर ल्वागुन, अन्जु रामदाम, विष्णु जुग्जाली, ओम विश्वकर्मा, कोपिला छिनाल, प्रकाश बराईली, मनमाया घर्ति, सिता रसाईली, बिमा गर्वुजा, राजिन भण्डारी, दम प्रकाश पुन, राम रसाईली र चन्द्रमाया जुग्जाली रहेका छन ।

अधिवेशन तथा साधारणसभाको उद्घाटन गर्नुहुँदै संघका संरक्षक, बरिष्ठ लोक गायक खड्ग गर्बुजाले गीतसंगीतको माध्यमबाट म्याग्दी जिल्लालाई राष्ट्रिय स्तरमा पहिचान दिलाउनका लागि संघमा आवद्ध कलाकारहरुले महत्वपूर्ण भूमिका खेलेको बताउनुभएको थियो ।

नवनिर्वाचित अध्यक्ष बुढाथोकीले आफ्नो कार्यकालमा म्याग्देली कलाकारको प्रोत्साहनमा विभिन्न कार्यक्रम तथा समस्यामा परेका कलाकारलाई समेत सहयोग सहित विभिन्न योजना बनाउने बताउनुभयो ।नवनिर्वाचित टोलीलाई निर्वाचन मण्डलका संयोजक संघका संस्थापक अध्यक्ष राजन भुजेल, सल्लाहकार धनलाल जैसी, अग्रज गायक राम जुग्जाली, सल्लाहकार बलभद्र ढकाल, यु बहादुर मल्ल, कल्याणकारी कोष संयोजक तथा सल्लाकार जालमायाँ बुदाथोकी लगायतले बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्त गर्नुभएको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार