प्रभात बोसेललाई अपहरण र शरिर बन्धक मुद्दामा धरौटीमा छोड्न जिल्ला अदालत म्याग्दीको आदेश

  म्याग्दी न्युज संवाददाता

बेनी । शरिर बन्धक र अपहरण आरोपमा पक्राउ परेका प्रभात बोसेललाई २ लाख पचास हजार रुपैयाँ धरौटीमा रिहा गर्न जिल्ला अदालत म्याग्दीले आदेश दिएको छ । विहिबार जिल्ला न्यायाधिश कृष्णप्रसाद नेपालको एकल इजलासले बोसेललाई धरौटीमा छाड्न थुनछेक आदेश दिएकाे हो । बागलुङ नगरपालिका–९,तित्याङका २२ वर्षिय प्रभात बोसेल विरद्ध बेनीकी एक युवतिले जवरजस्ती करणी, अपहरण र शरिर बन्धक सम्बन्धी मुद्दा दर्ता गरेकी थिइन् ।

याे पनि…

जबरजस्ती करणी,अपहरण र शरिर बन्धक मुद्दामा बागलुङका प्रभात पक्राउ ,विनाशर्त रिहाइ गर्न माग

अदालतले धरौटीमा छोड्न अनुमति दिए पनि उनी तत्काल रिहा भने हुने छैनन् । उनीविरुद्ध परेको जबरजस्ती करणीको मुद्दाको अनुसन्धान भइरहेको छ । कास्की प्रहरीले उनीविरुद्ध लागेको जबरजस्ती करणीको आरोपमाथि अनुसन्धान गरिरहेको छ । भोली शुक्रबार जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालत कास्कीमा अभियोजन पेश गर्ने जनाइएको छ । उक्त मुद्दाको आदेश नआएसम्म उनी प्रहरी हिरासतमै हुनेछन् ।

म्याग्दी अदालतमा बोसेल विरुद्धको अपहरण र शरिर बन्धक सम्बन्धी बिचाराधिन मुद्दाको अन्तिम फैसला हुन बाँकी छ । जिल्ला अदालत म्याग्दीका तहसिलदार शंकर सापकोटाका अनुसार प्रभातले तोकिएको धरौटी रकम बुझाएनन् ।धरौटी जम्मा नगरेको, मुद्दाको अन्तिम फैसला नभएको र अर्को मुद्दा बिचाराधिन रहेकाले प्रभात छुट्न सकेनन् । जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरीक्षक मदन कुँवरले कास्कीको अर्को मुद्दाको थप अनुसन्धान गर्नका लागि प्रभातलाई कास्की पठाइएको बताउनुभयो ।

विहिबार प्रभातका सर्मथकहरु अदालत बाहिर भेला भएका थिए । उच्च सुरक्षाका साथ प्रहरी परिचालन गरिएको थियो । प्रभातलाई अदालतबाट जिल्ला प्रहरी कार्यालय लगेपछि समर्थकहरुले बेनी बजारको बालमन्दिरचोकमा केही समय उनको पक्षमा नाराबाजी समेत गरेका थिए ।म्याग्दीकी  ४३ (४०) ( परिवर्तित जाहेरीवाला)ले अपहरण गरि शरिर बन्धक बनाएको र जवरजस्ती करणी गरेको किटानी जाहेरीको आधारमा प्रहरीले यही जेठ ७ गते पक्राउ गरेको थियो । बेनीबाट अपहरण र पोखरामा जवरजस्ती करणी गरेको उजुरी छ ।प्रभातका सर्मथक, दलित अगुवा र आफन्तहरुले भने अन्तरजातीय बिवाहका कारण केटीले प्रभातलाई दुख दिन फसाएको बताउँदै जातीय विभेद भएको भन्दै देशका विभिन्न ठाउँमा प्रर्दशन गर्दै आएका छन् ।

प्रतिनिधिसभा र गण्डकी प्रदेशसभाको बैठकमा पनि सांसदहरुले प्रभातलाई जातीय विभेद भएको भन्दै आवाज उठाएका छन् । २२ वर्षीय प्रभात भ्लगर र मोटरसाइकल राईडर हुन् । बेनी नगरपालिकाकी युवती २० वर्षीया हुन् । प्रभात ३ वर्षदेखि बेनीको एक इन्टरनेट सेवा प्रदायक कम्पनीमा प्राविधिकको रुपमा काम गर्दै आएका थिए । अन्तरजातीय सम्बन्धलाई परिवार र समाजले नस्वीकार्ने देखेपछि उनिहरु भागेर पोखरा,चितवन हुँदै भारतको कलकत्ता स्थित प्रभातको आफ्नो मामाको घरमा करिब एक महिना दुई जना सँगै बसेर नेपाल आएपछि छुट्टिएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार