जबरजस्ती करणी,अपहरण र शरिर बन्धक मुद्दामा बागलुङका प्रभात पक्राउ ,विनाशर्त रिहाइ गर्न माग

युवाका समर्थक र दलित अगुवाहरुद्धारा जातीय विभेद भएको भन्दै बिरोध प्रर्दशन

  म्याग्दी न्युज संवाददाता

बेनी । जबरजस्ती करणी, अपहरण र शरिर बन्धक सम्बन्धी मुद्दामा परेका बागलुङका एक युवाको पक्षमा आइतबार बेनीमा प्रर्दशन भएको छ । मोटरबाइक भ्लगर बागलुङ नगरपालिका–९, तित्याङका २३ वर्षीय प्रभात बोसेललाई यही जेठ ७ गते पोखराबाट पक्राउ गरेर अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय म्याग्दीको हिरासतमा राखिएको छ ।

प्रभातका आफन्त, सामाजिक सञ्जालका समर्थक र दलित अगुवाहरुले बिनासर्त रिहाईको माग गर्दै मोटरसाइकल ¥याली सहित बिरोध प्रर्दशन गरेका हुन् । खुल्ला मञ्च खेलमैदानबाट शुरु भएको ¥याली बजार परिक्रमा गरेर जिल्ला प्रशासन कार्यालय अगाडीको चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभामा बोल्ने दलित अगुवाहरुले अन्तरजातीय प्रेम सम्बन्धका कारण केटी पक्षका परिवारले प्रभातलाई दुख दिन फसाएको बताउँदै जातीय विभेद भएको बताएका थिए । उनिहरुले निष्पक्ष अनुसन्धान, छानविन र न्याय दिलाउने वातावरण बनाउन माग गरेका थिए ।

¥यालीमा सहभागि हुन बेनी र आसपासका ठाउँका अलावा, बागलुङबाट मोटरसाइकल राइडरहरु बेनी आएका थिए । जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरीक्षक मदन कुँवरका अनुसार बोसेल विरुद्ध २२ वर्षिया  युवतिले दर्ता गरेको अपहरण गरि शरिर बन्धक बनाएको र जवरजस्ती करणी गरेको किटानी जाहेरीको आधारमा पक्राउ गरिएको हो । ‘युवती आफै कार्यालयमा आएर किटानी जाहेरी गर्नुभएको हो,’ उहाँले भन्नुभयो ,‘पहिलो पटक पाँच दिनको म्याद थपेर हिरासतमा राखेर आरोपीलाई थप अनुसन्धानका लागि  सात दिन समय थपिएको छ ।’

सामाजिक सञ्जाल र केही सञ्चार माध्यममा युवतिको नाम र तस्विर सार्वजनिक भएको विषयमा गोपनीयताको ख्याल गर्न प्रनाउ कुँवरले अनुरोध गर्नुभएको छ । प्रभातका आफन्तले  भने दलित समुदायका केटाले क्षेत्री केटीसँगकाे प्रेम सम्बन्धलाई भाड्न केटीलाई उचालेर मुद्दा लगाइएको बताउनुभयो ।प्रभात र पीडित भनिएकी युवती करिब साढे दुई वर्षदेखि प्रेम सम्बन्धमा थिए ।  प्रभात ३ वर्षदेखि बेनीको एक इन्टरनेट सेवा प्रदायक कम्पनीमा प्राविधिकको रुपमा काम गर्दै आएका थिए ।

पछि एक वर्ष अघि प्रभात कामकाे सिलसिलामा पाेखरा पुगेका थिए । पछि अन्तरजातीय सम्बन्धलाई परिवार र समाजले नस्वीकार्ने देखेपछि उनिहरु भागेर पोखरा,चितवन हुँदै भारतको कलकत्ता स्थित प्रभातको आफ्नो मामाको घरमा करिब एक महिना  बसेर केटीका अभिभावकले स्विकार गर्छौ भनेर बोलाएर केटा, केटीलाई छुट्टाएका र पछि केटीलाई उचालेर प्रभात विरुद्ध मुद्दा हाल्न लगाएको संयुक्त राजनितिक दलित संघर्ष समिति म्याग्दीका संयोजक पदम किसानले बताउनुभयो । प्रभातका मामा पदमबहादुर बोहरा भारतीय सेनामा कार्यरत छन् । प्रभातको आमा र दुई जना भाईको २०७२ को भूकम्पमा परेर काठमाडौमा मृत्यु भएको थियो । आमाको मृत्यु र बुवाले दोस्रो बिवाह गरेपछि बागलुङ आएका प्रभात कामको खोजीमा बेनी आएका थिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार