एनआरएनए कतारको आइसीसी सदस्यमा म्याग्दीका कार्की विजयी

  म्याग्दी न्युज संवाददाता

बेनी । गैर आवासीय नेपाली (एनआरएनए) कतारको आइसिसी सदस्यमा भारी मत सहित म्याग्दीका विक्रम काकी निर्वाचित हुनुभएको छ । सन् २०२३–२५ कार्यकालका लागि सम्पन्न भएको निर्वाचनमा कार्कीले ५ हजार १११ मत सहित निर्वाचित हुनुभएको हो । उहाँ लामो समयदेखि कतारलाई कर्मथलो बनाउँदै विभिन्न सामाजिक कार्यमा सक्रिय हुनुहुन्छ ।

कार्कीले म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तर्राष्ट्रिय समितिको महासचिव, मोना कतारको अध्यक्ष सहित विभिन्न संघ संस्थामा रहेर काम गरिसक्नुभएको छ । मोना कतार बहुउद्देश्यीय अक्षयकोषका अध्यक्ष समेत रहनुभएका कार्की शालीन व्यक्तिका रूपमा परिचित हुनुहुन्छ ।

आइसीसी सदस्यमा निर्वाचित कार्कीले वैदेशिक रोजगारीमा रहेका नेपाली मजदुरको हक हितको लागि डटेर लड्न र एनआरएनए अभियानलाई व्यापक र शसक्त बनाउने बताउनुभयो । आइसीसी सदस्यमा निर्वाचित भएका कार्कीले आफ्नो जिम्मेबारीलाई सहज र प्रभावकारी बनाउन विभिन्न निकायसँग सहकार्य समेत गर्ने बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार