बेनी ।म्याग्दीको मालिका गाउँपालिका–१,निस्कोट घर भई हाल संयुक्त राज्य अमेरिकामा बस्दै आइरहेका निस्कोटबासीहरुको साझा संस्था निस्कोट समाज अमेरिकाको अध्यक्षमा लाल पुन मगर चयन हुनुभएको छ । आगामी वर्ष २०२३–२०२५ सम्मको लागि पुन अध्यक्ष पदमा सर्वसम्मत चयन हुनुभएको हो ।
अध्यक्ष पुन यस अघि पनि सामाजिक काममा सक्रिय हुनुहन्थ्यो ।कार्यसमितिको उपाध्यक्षमा मिलन पुन ,सचिवमा मनोज पुन ,कोषाध्यक्षमा कमला पुन चयन हुनुभएको छ । यसैगरी ,सदस्यहरुमा ज्ञानु पुन ,उत्तम पुन ,तुलप्रसाद सेती ,दिनेश पुन ,पृथ्वी पुन ,बिना बिक ,लोकमान छन्त्याल ,साेम पुन र भिमराज प्रतेल चयन हुनुभएको कार्यसमिति सदस्य पृथ्वी पुनले जानकारी दिनुभयो ।
त्यस्तै समाजको सल्लाहकारमा जगत पुन र यामलाल कंडेल चयन हुनुभएको छ । भने व्यवस्थापनमा महेन्द्र पुन ,गोविन पुन ,भिजन घर्ती ,गोविन सुनार र याम फगामीलाई चयन गरिएको छ । १६ अगष्टमा सम्पन्न कार्यक्रममा समाजको अगुवाइमा जन्म गाउँका क्यान्सर पीडितहरु सकबहादुर बिक र ढुमना छन्त्याललाई एक लाख ५० हजार रुपैयाँ भन्दा बढी आर्थिक सहयोग समेत गरेको छ ।