मोना युएईको हरितालिका तीज विशेष सांस्कृतिक कार्यक्रम (तस्बिरहरु)

  म्याग्दी न्युज संवाददाता

बेनी । युएईमा हरितालिका तीज विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।म्याग्दी प्रवासी नेपाली संघ (मोना) युएईको आयोजनामा युएईको वर दुबई स्थित बैट अल जैर्यान रेस्टुरेन्टमा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा मोना अन्तर्राष्ट्रिय कार्यकारी समितिका उपाध्यक्ष तथा मोना युएईमा संरक्षक ई.नन्द गर्बुजाले कार्यक्रमको उद्घाटन गर्नुहुँदै पछिल्लो समय कला, संस्कृति र परम्परा हराउँदै गएको बताउनुभयो । मौलिक संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो ।

केही वर्ष यता पश्चिमा संस्कृतिको प्रभाव पर्दै जाँदा रीतिरीवाज ओझेलमा परेको उहाँले बताउनुभयो । मोना युएईका महासचिव काजीमान बुढाथोकीका अनुसार ,कार्यक्रममा नेपाल वायु सेवा निगमकी कण्ट्री म्यानेजर अस्मिता सुवेदी, पर्वत सेवा समाज युएईका अध्यक्ष तिलक सापकोटा, सल्लाहकार भिम कुमार राना, तनहुँ सेवा समाजका महासचिव सुरिन भुजेलले शुभकामना मन्तव्य राख्नुभएको थियो ।


नेपाली सोसियल एण्ड स्पोर्ट्स ग्रुप रासलखेमाका अध्यक्ष भरत गौतम र निवर्तमान अध्यक्ष तथा प्रमुख सल्लाहकार जीवन सिग्देल ,लमजुङ सेवा समाजका सल्लाहकार तथा क्षेत्रीय तामाङ समाज रास अल खेमाका उपाध्यक्ष विकास थिङ लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा सफल व्यवसायी तथा मोना युएईका संरक्षक प्रकाश कार्कीले सहभागी महिलाहरुलाई कस्मेटिक गिफ्ट वितरण गर्नुभएको थियो । कार्यसमितिका अध्यक्ष सुवास राम्जालीको सभापतित्व ,महासचिव बुढाथोकीले संचालन गर्नुभएको कार्यक्रममा संयोजक तथा उपाध्यक्ष यामकुमारी रोकाको स्वागत गर्नुभएको थियो । कार्यक्रममा माया पुनले स्वागत थाली नाच र सोनु पुनले नृत्य प्रस्तुत गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार