कतारमा वृहत रक्तदान कार्यक्रम हुँदै

  म्याग्दी न्युज संवाददाता

म्याग्दी । कतारमा बृहत रक्तदान कार्यक्रम संचालन हुने भएको छ । कतारमा रहेका म्याग्दीलीहरुको साझा संस्था मोनां कतार र माेना कतार वहुउद्धेश्यीय अक्षयकाेषकाे आयोजनामा शुक्रबार रक्तदान कार्यक्रम हुने भएको हो ।

हमाद हस्पिटलमा विहान ८ बजेदेखि दिउँसो १ बजेसम्म संचालन हुने उक्त कार्यक्रममा रक्तदान गर्न आह्वान गरिएको छ । रगत अभाव हुन नदिन रक्तदान कार्यक्रम संचालन गर्न लागिएकाे माेना कतार वहुउद्धेश्यीय अक्षयकाेषका अध्यक्ष विक्रम कार्कीले बताउनुभयाे  ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार