पुर्जा दम्पतीको बेग गाउँको चिनारी ‘शिरफुल’ गीतको म्युजिक भिडिओ सार्वजनिक (भिडिओ)

  म्याग्दी न्युज संवाददाता

बेनी।म्याग्दीको रघुगंगा गाउँपालिका–१,बेग गाउँको चिनारी शिरफुल गीतको म्युजिक भिडिओ सार्वजनिक भएको छ । बेग जन्म घर भई हाल युकेमा रहनुभएका नक्कु पुर्जा र तारा पुर्जा दम्पतीले निर्माण गर्नुभएको सालैजो (बेग गाउँको).. गीतको म्युजिक भिडिओ नक्कु पुर्जा युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो । गाउँ र गाउँको पुख्र्यौली कला संस्कृतीको जगेर्ना ,प्रचारप्रसार र प्रवद्र्धन गर्ने उद्धेश्यले निर्माण गरिएको उक्त गीतमा गायक गगन पुन र गायीका लाली बुढाथोकीले स्वर दिनुभएको छ ।

भिडिओ हेर्नुहाेस् ‍…

कमल पुनले छायाँकन गर्नुभएको उक्त म्युजिक भिडिओमा बेग गाउँका महत्वपुर्ण ठाउँहरु देखाइएको छ । नगेन पुर्जा, पुष्पा पुर्जा, नक्कु पुर्जा तथा मैना फगामीको मुख्य अभिनयमा कलाकारहरु गिमेन पुर्जा,लोकेन पुर्जा,सन्तोष गर्बुजा,पंकज गर्बुजा,किस्मा फगामी ,रोस्नी गर्बुजा,बिना पुर्जा,एलिना पुन लगायतले साथ दिनुभएको छ । छवि मगरले सम्पादन र मौसम पाइजाले निर्देशन गर्नुभएको छ ।

एलबी पुनको एरेन्जर रहेको उक्त गितको रेकर्डीङ पुन डिजिटल स्टुडियो लामाचौर पोखरामा गरिएको हो । समाजसेवी नक्कुले गीत मार्फत गाउँ र गाउँको पुख्र्यौली कला संस्कृतिको जगेर्ना,प्रचारप्रसार र प्रवद्र्धन गर्ने उद्धेश्यले म्युजिक भिडिओ निर्माण गरिएको बताउनुभयो । पुर्जा दम्पतीले गाउँमा सामाजिक ,शैक्षिक र स्वास्थ्य लगायत विभिन्न क्षेत्रमा सहयोग पु¥याउँदै आउनुभएको छ । म्युजिक भिडिओमा परिवार र गाउँघरबाट टाढा प्रवासमा बस्नुपरेको पीडालाई देखाउन खोजिएको छ ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार