बेनी नगरपालिकाको शुभकामना आदानप्रदान

  म्याग्दी न्युज संवाददाता

म्याग्दी। म्याग्दीकाे  बेनी नगरपालिकाको आयोजनामा दसैंको शुभकामना आदानप्रदान कार्यक्रम गरिएको छ।कार्यालय परिसरमा शुक्रबार आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, विभिन्न संघसंस्थाका पदाधिकारी लगायतको उपस्थितमा विजयदशमी, शुभदिपावली र छठ पर्वको अवसरमा सुख, शान्ति, एकताको शुभकामना आदानप्रदान भएको हो ।

नगरप्रमुख सुरत केसीको अध्यक्षतामा भएको कार्यक्रममा संविधानसभाका सदस्यद्वाय गोविन्द पौडेल र रेशम बानियाँ र गण्डकी प्रदेशसभा सदस्य हरी भण्डारीले विजयदशमी, शुभदिपावली र छठ पर्वको अवसरमा सुख, शान्ति, एकताको शुभकामना प्रदान गर्दै नगरको विकासमाा जिल्लाका राजनीतिक दल, पूर्व जनप्रतिनिधि र सरोकारवालाहरुसंग समन्वय गरेर गरेर अघि बढ्नुपर्ने धारणा राख्नुभएको थियो ।

कार्यक्रममा जिसस प्रमुख राजकुमार थापा, नगरउपप्रमुख ज्योती लामिछाने, प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेल, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवाल, गैरसरकारी संस्थाका अध्यक्ष दिपक पौडेलले शुभकामना मन्तव्य राख्दै हुने खानेभन्दा पनि हुदाँ खाने जनतालाई लक्षित गरेर काम गर्न जिल्लामा सबै एकवद्ध भएर लाग्नुपर्नेमा जोडदिनुभएको थियो ।प्रमुख प्रशासकिय अधिकृत नेत्रप्रसाद पौडेलको स्वागत मन्तव्य रहेको कार्यक्रमकाको संचालन प्रशासकीय अधिकृत युवराज थापाले गर्नुभएको थियो । कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि, कर्मचारी, पत्रकार लगायतको उपस्थित शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार