मालिका धुरीमा पत्रकार महासंघको पर्यटन प्रर्वद्धन कार्यक्रम

  म्याग्दी न्युज संवाददाता

मालिका । म्याग्दीको मालिका र रघुगंगा गाउँपालिकाको सिमानामा रहेको धार्मिक पर्यटकीय स्थल मालिका धुरीमा बुधबार पर्यटन प्रर्वद्धन कार्यक्रम सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीको पर्यटन प्रर्वद्धन कार्यक्रम अन्तरगत समुन्द्रि सहतदेखि तीन हजार तीन सय मिटर उचाईमा रहेको मालिका धुरीको धार्मिक पर्यटकीय सम्भावना, चुनौति र अवसरको विषयमा अन्तरक्रिया गरिएको हो ।

म्याग्दीका ओझेलमा परेका धार्मिक पर्यटकीय स्थलको पर्यटन विकास र प्रर्वद्धन गर्ने उद्देश्यले स्थलगत रुपमा कार्यक्रम गरिएको नेपाल पत्रकार महासंघ म्याग्दीका अध्यक्ष प्रकाश पौडेलले बताउनुभयो । यसअघि गत हप्ता बेनी नगरपालिका वडा नम्बर ३ भकिम्ली र बागलुङको काठेखोला गाउँपालिकाको सिमानामा रहेको बेलढुङ्गामा पर्यटन प्रर्वद्धन कार्यक्रम गरिएको थियो ।

मालिकाको धुरीबाट आँखामा नै ठोक्किन आउने धौलागिरि, नीलगिरि, अन्नपूर्ण, मनास्लु, माछापुच्छे«, गुर्जा, चुरेन, पुथालगायतका दर्जनौँ हिमशंखला देखिन्छन् । विदेशी पर्यटकका लागि आकर्षक गन्तव्य हुने प्रशस्त सम्भावना रहेको यो ठाउँले पूर्वाधार अभावमा आफ्नो पहिचानलाई विदेशीमाझ भने फैलाउन सकेको छैन ।

आसपासका क्षेत्रमा देखिने सुन्दर ग्रामीण बस्ती, गुराँसे–जंगल र प्राकृतिक सौन्दर्यले सजिएको मालिका प्राकृतिक दृष्यको धनी हुनुका साथै धार्मिक दृष्टिले प्रसिद्धि कमाएको मालिका संरक्षण समितिका अध्यक्ष छकप्रसाद पाइजाले बताउनुभयो ।

मालिका, कालिका र जालपा देवीको मुर्ति रहेको मालिका मन्दिरमा जेष्ठि, चण्डी पुर्णिमा र भाइटिकाको दिन विशेष पुजाआजा हुन्छ । अन्य समयमा पनि पुजाआजा हुने गर्छ । मालिकाको पुजाआजा र दर्शन गरेमा मनोकाक्षा पुरा हुने जनविश्वास छ ।

बिम, दुखु, हिदी, टोड्के र ठाडाखानीको बाटो भएर पुग्न सकिने बस्ती देखि टाढा रहेको मालिकामा खानेबस्ने र खानेपानीको व्यवस्थापन गर्नुपर्ने मालिका–७ बिमका ८३ वर्षीय पलबिर जुग्जालीले बताउनुभयो ।

मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले भक्तजनको अस्थायी बसोबासका लागि सत्तल, पदमार्ग र खानेपानी निर्माण गरिएको बताउनुभयो । “सत्तल र खानेपानीलाई व्यवस्थित बनाउने प्रयासमा छौ,” उहाँले भन्नुभयो “बिम हुदै मालिका धुरी जोड्ने सडकलाई नागिथला सम्म पु¥याएर यात्राअवधि छोट्याउने उद्देश्यले यस वर्ष रु. ८३ लाख बजेट बिनियोजन भएको छ ।”

मालिका धुरीलाई केन्द्रित गरेर बेनी–टोड्के–मालिका धुरी हुदै धौलागिरि हिमालको आधार शिविर जोड्ने पदमार्गको परिकल्पना गरिएको छ ।कार्यक्रम महासंघ म्याग्दीका अध्यक्ष प्रकाश पौडेलको अध्यक्षता, मालिका गाउँपालिका अध्यक्ष बेग प्रसाद गर्वुजाको प्रमुख अतिथ्यता, महासंघ उपाध्यक्ष हरिकृष्ण गौतमको स्वागत र सचिव सन्तोष गौतमको संचालनमा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार