दिदीबहिनी सहकारीको १२ औँ बार्षिक साधारणसभा

  म्याग्दी न्युज संवाददाता

बेनी । म्याग्दीको बेनीमा संचालित दिदीबहिनी बचत तथा ऋण सहकारी संस्थाले १२ औँ साधारणसभा सम्पन्न गरेको छ । जिल्ला समन्वय समितिको सभाहलमा शनिबार आयोजित बार्षिक साधारणसभाको गण्डकी प्रदेश सभा सदस्य विमला गौचनले उद्घाटन गर्नुभयो ।

दिदिबहिनीमात्र शेयर सदस्य र संचालक समिति रहेको यस सहकारीमा ९१३ जना शेयर सदस्यको ४ करोड ९ लाख ७३ हजार २०० रुपैयाँ शेयर पूँजी रहेको छ । सहकारीको लगानीतर्फ नौँ करोड चालिस लाख ९ हजार २२८ रुपैयाँ रहेको छ भने बचततर्फ ७ करोड ५८ लाख ५६ हजार ७१९ रुपैयाँ रहेको छ ।

सहकारीको जगेडा कोषमा ५२ लाख एक हजार नौँ रुपैयाँ रहेको छ । सहकारीले गतबर्ष १५ करोड ५९ लाख ९७ हजार सातँसय रुपैयाँको कारोबार गरेको प्रवन्धक समिक्षा ढुंगानाले जानकारी दिनुभयो । सहकारीको मुनाफा १८ लाख रुपैयाँ रहेको छ ।

अध्यक्ष विष्णुकुमारी गौतम सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशसभा सदस्य गौचनले संचालकहरुले सहकारी ऐन नियमलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्ने बताउनुभयो ।उहाँले केही सहकारीको कमजोरीले राम्रा सहकारीलाई पनि चुतौनी दिएको उल्लेख गर्दे संस्थालाई बलियो बनाएर लैजान संचालक समिति तथा शेयरसदस्यहरु पनि सक्रिय रहन आग्रह गर्नुभयो ।

साथै गौचनले उत्पादनमूलक क्षेत्रमा लगानी बढाउन सुझाव समेत दिनुभयो ।साधारणसभामा सहकारीका सल्लाहकार एवम बेनी नगरपालिका उपप्रमुख ज्योती लामिछाने, संस्थाका सल्लाहकार जमुना आचार्य र सञ्जु बरुवाल लगायतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा संस्थाका अध्यक्ष सापकोटाले सहकारीले बचत र क्रृणको मात्र काम नगरि मुष्ठीदान, सदस्य संरक्षण योजना, सुत्केरी भेटघाट, एकल महिला सम्मान, दम्पति सम्मान, विभिन्न दिवसीय कार्यक्रम, लैङ्गिक हिंसा विरुद्धको कार्यक्रम लगायतका सामाजिक कार्यहरु पनि गर्दै आएको बताउनुभयो ।

संस्थाकी उपाध्यक्ष सुगम श्रेष्ठको स्वागत, सचिव जगतकुमारी खत्रीको संचालन र प्रगति प्रतिवेदन, कोषाध्यक्ष अम्विका श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सहकारीले विभिन्न ब्यक्तिलाई आर्थिक लगायतको सहयोग गरेको साधारणसभामा शेयर सदस्यको उपस्थिती थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार