बेनी नजिक सामुदायिक वनमा आगलागी (तस्बिरहरु)

  म्याग्दी न्युज संवाददाता

म्याग्दी।म्याग्दी सदरमुकाम बेनी बजार नजिक बराहपाखो जंगलमा भीषण आगलागी भएको छ । बेनी नगरपालिका–७, र ८, क्षेत्र पर्ने बराहपाखो सामुदायिक वन र त्यस क्षेत्रमा आगलागी हुँदा बेनी बजारका बासिन्दाहरू त्रसित बनेका छन् ।सोमबार दिउँसो करिब साढे ११ बजेतिर एक्कासी देखिएको आगोले भीषण रूप लिएको हो ।

आगलागी भएपछि नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको टोलीका साथै स्थानीयले आगो नियन्त्रणको प्रयास गरी रहेको भए पनि नियन्त्रणमा आउन सकेको छैन ।बेनी नगरपालिकाको दमकलले पानी हाल्ने प्रयास गरेको भए पनि त्यो पनि सम्भव नभएको हो । प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले साढे ११ हाराहारीबाट सल्केको अनुमान गरिएको आगो करिब नियन्त्रणमा आएको बताउनुभयो ।

नेपाली सेनाले अर्थुङे तर्फबाट नियन्त्रणको प्रयास गरेको र अन्य सुरक्षा निकाय तथा स्वयंसेवक र स्थानीयले प्रयास गरी रहेकाले आगो चाँडै नियन्त्रणमा आउने प्रजिअले जानकारी दिनुभयो । आगो लगाउनकाे खाेजिकार्य जारी रहेकाे उहाँले बताउनुभयाे ।  यसैगरी जलजलाको मल्लाज भीरमा पनि आगलागि भएको छ । मानवीय क्षती भने भएकाे छैन ।  तस्बिर : साधन राम्जाली/म्याग्दी न्युज डटकम

   

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार