गलकोट र बाैदीकाली प्रथम म्याग्दी युवा कप भलिबल प्रतियोगिताको फाइनल प्रवेश

  म्याग्दी न्युज संवाददाता

बेनी । नेकपा एमाले निकट राष्ट्रिय यूवा संघ नेपाल म्याग्दीको आयोजनामा जारी गण्डकी प्रदेशस्तरीय पुरुष तथा खुल्ला महिला ‘प्रथम म्याग्दी यूवा कप’ भलिबलको गलकोट र बाैदीकाली फाइनलमा प्रवेश गरेको छ । बुधबार पुरुषतर्फको सेमिफाइनलको खेलमा गलकोटले बेनी र बाैदीकालीले रंघुगंगालाई ३–० को सोझो सेटमा हराउँदै फाइनल यात्रा तय गरेका हुन् । फाइनल खेल विहिबार हुनेछ ।

पहिलो खेलमा गलकोट गाउँपालिकाले बेनी नगरपालिकालाई २५–१६, २५–२१ र २५–२२ को सेटमा पराजित गर्यो । दोस्रो सेमिफाइनल खेलमा बाैदीकाली गाउँपालिकाले रंघुगंगा गाउँपालिकालाई २५–१७, २५–१८ र २५–२३ को सेटमा पराजित गर्यो । प्रतियोगितामा गण्डकी प्रदेशभित्रका पालिकाले सहभागिता जनाएको रेफ्री संयोजक जिल्ला भलिबल संघ म्याग्दीका अध्यक्ष तेजेन्द्र बानियाँले बताउनुभयाे । प्रतियोगितामा पुरुष तर्फ १३ र महिलातर्फ ६ टिमको सहभागिता रहेको थियो ।

पुरुषतर्फ प्रथम हुने टिमलाई २ लाख रुपैयाँ,उपविजेतालाई एक लाख २० हजार रुपैयाँ, तृतिय ५० हजार, सान्त्वना २५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र रहेको छ।त्यस्तै महिलातर्फ प्रथम हुनेलाई ८० हजार, द्धितिय ४० हजार, तृतिय २० हजार, सान्त्वना १० हजार, ट्रफी, मेडल र प्रमाणपत्र रहेको संघका सचिव सुसन किसानले बताउनुभयाे । तस्बिर : प्रेम राेका मगर 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार